मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार  ?

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं , ०१ साउन - नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ ।

बिहीबार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ थियो । बुधबार ८०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ थियो । मंगलबार १ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो । 

सोमबार २ हजार ८०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ थियो । आइतबार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो । 

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ थियो । 

बुधबार चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ पुगेको थियो । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँ थियो । सोमबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ थियो भने आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ थियो । 

प्रतिक्रिया