शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल असार ३१ गते बुधबार  यस्तो छ तपाईको राशिफल

बुधवार , आषाढ ३१, २०८३

आज बिस २०८३ असार ३१ गते बुधबार ईस २०२६ जुलाई १५ नेपाल सम्बत ११४६ दिल्लाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार शुक्ल पक्ष प्रतिवदा, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, हर्शण योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।  आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज विश्व युवा सीप दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज भावनात्मक दिन भएकाले एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । मातृ सुखमा केही प्रभाव पर्न सक्ने भएकाले आमाको स्वास्थ्यबारे चासो राख्नु उपयुक्त हुनेछ । सहकर्मीसँग सामान्य असमझदारीले तनाव बढ्न सक्छ । मेहनतअनुसार आम्दानी हुने दिन छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-  आज पारिवारिक सद्भाव र आत्मीयता बढ्नेछ । दार्शनिक विषय र समसामयिक घटनाप्रति रुचि बढ्नेछ । धन, प्रतिष्ठा र सामाजिक सम्मान प्राप्त हुने सम्भावना छ । साझेदारीमा काम गर्दै हुनुहुन्छ भने आफ्ना विचार र योजनाबारे खुला रूपमा छलफल गर्नु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्न सक्छ। वरिष्ठ व्यक्तिको सहयोग र विश्वास जित्न सकिने समय छ । मनले चाहेको व्यक्तिबाट खुसीको समाचार वा उपहार प्राप्त हुन सक्छ । धन र सम्मान प्राप्त भएपनि घर परिवारका केही विषयले मानसिक चिन्ता बढाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज आफ्नो मेहनत र सहयोगीको साथले आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन् । नयाँ लगानीका लागि समय अनुकूल छ । परिवार र जीवन साथीको साथले मन प्रसन्न रहनेछ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ भने नयाँ ज्ञान हासिल गर्ने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : - आज आर्थिक विषयमा लापरवाही नगर्नुहोस् । ठूला निर्णय लिनुअघि अनुभवी व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ । अरूको काममा अनावश्यक रूपमा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । जीवन साथी वा प्रियजनको भावना बेवास्ता गर्दा सम्बन्धमा तनाव आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- आज बुद्धि र विवेकको प्रयोगले रोकिएका काम अघि बढ्नेछन् । योजना अनुसार काम सम्पन्न हुने समय छ । घर परिवारमा सुख शान्ति बढ्नेछ । साथीभाइ र आफन्तसँग सहयोग आदानप्रदान हुनेछ । सानो प्रयासले पनि आर्थिक लाभ मिल्ने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज आज निकै व्यस्त रहनुपर्नेछ । कामको चापले प्रेम र दाम्पत्य जीवनमा असर पर्न सक्छ । स्वास्थ्य र आराममा पनि ध्यान दिनु आवश्यक छ । नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ । मान सम्मान बढ्ने समय भएकाले वरिष्ठ तथा अग्रजको सम्मान गर्नु लाभदायक हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आज लामो समयपछि आफन्त वा साथीभाइसँग भेटघाट हुन सक्छ । सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ । सञ्चार, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित व्यवसायमा सफलता मिल्ने छ । अरूका नकारात्मक कुरामा ध्यान नदिई आफ्नो काममा केन्द्रित हुनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- आज अनावश्यक शंका र भ्रमले मन अशान्त बन्न सक्छ । नयाँ निर्णय लिनुभन्दा पुराना काम व्यवस्थित गर्नु राम्रो हुनेछ । व्यवस्थापन र सहकर्मीसँग सन्तुलित सम्बन्ध कायम राख्नु आवश्यक छ । आगो, धारिलो वस्तु तथा भान्साको काम गर्दा विशेष सावधानी अपनाउनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- आज कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । अध्ययनमा पनि ध्यान दिनु आवश्यक छ । सबैको सहयोग प्राप्त हुने भएकाले काम सहज रूपमा सम्पन्न हुनेछ । नयाँ जिम्मेवारी र अवसर प्राप्त हुन सक्छ । परिवारसँग रमाइलो समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्ने सम्भावना छ । आफ्नो योजना गोप्य राख्नु फाइदाजनक हुनेछ । अहंकार नियन्त्रणमा राख्नुपर्छ । बहस र तर्कमा जित मिल्न सक्छ । कार्यस्थलमा देखिने समस्या बुद्धिमानीपूर्वक समाधान गर्नु उपयुक्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आज पढाइमा मन कम लाग्न सक्छ । अनुकूल वातावरण नहुँदा अपेक्षित सफलता ढिलो मिल्न सक्छ । सन्तान वा परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ । सानो भएपनि दीर्घकालीन लाभ दिने कामको सुरुवात हुन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

 

प्रतिक्रिया