शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

सोमवार , आषाढ २९, २०८३


काठमाडौं,२९ असार – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो । 

यस्तै, सोमबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ रहेको महाशाखाले जनाएको छ । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ थियो ।

प्रतिक्रिया