काठमाडा,०५ असार – नेपाली बजारमा आज शुक्रवार सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १० हजार ५ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासंका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर तोलाको ४६४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।