मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज बिहिवार सुनचाँदीको मुल्य घट्यो

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं, ०४असार -  बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो ।


त्यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ६५० रुपैयाँ थियो ।

प्रतिक्रिया