मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज मंगलबार  सुनको भाउ फेरि बढ्यो, चाँदीको मूल्यमा भने गिरावट

मंगलवार , आषाढ २, २०८३

काठमाडाैं ,०२ असार -  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। यो वृद्धिसँगै मंगलबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि लगातार दुई दिन सुनको मूल्यमा ठूलो वृद्धि देखिएको थियो, जसअन्तर्गत आइतबार प्रतितोला १ हजार २०० रुपैयाँ र सोमबार एकैपटक ५ हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सस्तिएको छ। मंगलबार तोलामा २५ रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्ला दिनहरूमा चाँदीको मूल्य पनि बढ्दो क्रममा थियो।

गत आइतबार तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको चाँदीको मूल्य सोमबार पुनः १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँ पुगेको थियो। तर, मंगलबार भने चाँदीको मूल्यमा गिरावट आउँदा उपभोक्तालाई केही राहत मिलेको छ।

प्रतिक्रिया