शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज आइतवार सुनचाँदीको भाउ बढ्यो

आइतवार , जेठ ३१, २०८३

काठमाडौं,३१ जेठ  - नेपाली बजारमा आज आइतवार सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया