शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

माैसम पूर्वानुमान

यस्तो छ आज बिहीवारको मौसम पूर्वानुमान

बिहिवार , जेठ २१, २०८३


काठमाडौँ, २१ जेठ  - जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका तराई भूभागमा तातो दिन हुने र गर्मी बढ्ने सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार बिहीबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभगमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ ।

हाल नेपालमा पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

भोलि शुक्रबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म्को वर्षा हुने सम्भावना छ । 

सो दिन मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईंमा तातो दिन हुने सम्भावना छ ।

प्रतिक्रिया