शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल जेठ  १६ गते शनिबार यस्तो छ तपाईको राशिफल

शनिवार , जेठ १६, २०८३

 

आज वि.सं.२०८३ साल जेठ १६ गते । शनिबार । इस्वी सन् २०२६ मे ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–चतुर्दशी, १५ घडी ५८ पला, बिहान ११ बजेर ३४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–विशाखा, २० घडी ३१ पला, दिउँसो १ बजेर २३ मिनेट उप्रान्त अनुराधा । योग–परिध, ० घडी १ पला, बिहान ५ बजेर १२ मिनेट शिव । करण–वणिज, बिहान ११ बजेर ३४ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर २७ मिनेट उप्रान्त बव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला, बिहान ६ बजेर ४९ मिनेट उप्रान्त वृश्चिक ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि हुनेछ । बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ । चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन् । परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने लाभको सम्भावना न्यून छ । अनावश्यक खर्च बढ्न सक्छ । शारीरिक स्फूर्ति कम हुने र टाढाको यात्रा विशेष फलदायी नहुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आम्दानी बढ्नेछ र रोकिएका रकम फिर्ता हुने सम्भावना प्रबल छ । अध्ययन तथा व्यवसायमा प्रगति देखिन्छ । पारिवारिक सहयोगले कार्य सम्पादनमा सहजता ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आर्थिक पक्ष बलियो बन्नेछ । कानुनी वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ । तर, निर्णयमा अनिश्चयको भावना बलियो हुन सक्छ, त्यसैले ठूला निर्णयमा धैर्य आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ व्यवसायिक योजना तथा रचनात्मक कार्यमा लगानी गर्नु लाभदायक हुनेछ । आम्दानीमा उल्लेखनीय वृद्धिको सम्भावना छ । साथीभाइ र समकक्षीहरूको सहयोग पनि प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- मिहिनेतको प्रतिफल अरूले लिन सक्ने सम्भावना छ । कामको चाप बढ्न सक्छ । प्रेम सम्बन्धमा मतभेद उत्पन्न हुने संकेत छन् भने विद्यार्थीको ध्यान अध्ययनमा केन्द्रित हुन कठिन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- कृषि तथा पशुपालन क्षेत्र लाभदायक बन्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । विरोधी पक्ष कमजोर बन्नेछ । सामाजिक र जनसेवामूलक कार्यहरूबाट प्रतिष्ठा र लाभ दुवै प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- विगतका प्रयासहरूको सकारात्मक परिणाम प्राप्त हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । सानो प्रयासबाट ठूलो सफलता मिल्न सक्छ । समाजमा योगदान दिने कामबाट मान सम्मान प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  आय वृद्धि हुने सम्भावना बलियो छ । सवारी साधन प्राप्ति वा रमणीय स्थानको यात्रा हुने संकेत छन् । धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यमा संलग्नता रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  केही कठिन परिस्थितिहरूको सामना गर्नु परेपनि धैर्यका साथ अघि बढेमा उपलब्धि प्राप्त हुनेछ । दैनिक कार्यमा व्यस्तता रहनेछ । नयाँ योजना तथा लगानीको लागि समय उपयुक्त छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  नयाँ काम सुरु गर्न अनुकूल समय छ । व्यापारमा लाभदायक स्थिति देखिन्छ । रचनात्मक तथा उत्पादनमुखी काममा जुट्दा सफलता प्राप्त हुनेछ । पुराना रोकिएका कार्यहरू पनि पुनः प्रारम्भ हुनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया