आज वि.सं.२०८३ साल जेठ १५ गते । शुक्रबार । इस्वी सन् २०२६ मे २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–त्रयोदशी, १२ घडी ८ पला, बिहान १० बजेर २ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–स्वाती, १५ घडी ४ पला, बिहान ११ बजेर १३ मिनेट उप्रान्त विशाखा । योग–परिध, अहोरात्र । करण–तैतिल, बिहान १० बजेर २ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यापार व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ । आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ । अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ । शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ । विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- निकटवर्ती व्यक्ति वा आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमी हुन सक्छ । पारिवारिक वातावरणमा मतभेद बढ्न सक्ने भएकाले संयमित व्यवहार आवश्यक छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हासिल गर्ने योग छ । न्यून लगानीबाट सन्तोषजनक लाभ प्राप्त हुने सम्भावना छ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो उपलब्धि देखिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- विवाद वा प्रतिस्पर्धामा सफलता पाउन कठिन हुनेछ । व्यवसायमा गरिएको प्रयास अनुसार प्रतिफल पाउन कठिनाइ हुन सक्छ । शैक्षिक लक्ष्यमा पुग्न बढी समय र मिहिनेत आवश्यक हुनेछ । सामान्य स्वास्थ्य समस्याले दिनचर्यामा प्रभाव पार्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- विविध अवसर प्राप्त हुने समय छ, जसको सही उपयोगबाट आम्दानीमा वृद्धि सम्भव छ । शैक्षिक क्षेत्रमा लक्ष्य अनुकूल प्रगति हुनेछ । छोटो यात्राको सम्भावना रहेको छ, जसले मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्नेछ । वैवाहिक सम्बन्धमा विश्वासको वातावरण थप सुदृढ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- पदोन्नति, पुरस्कार वा जिम्मेवारी वृद्धि हुने योग छ । व्यवसायमा नयाँ विस्तारको सम्भावना देखिन्छ । कृषि तथा पशुपालन क्षेत्रसमेत लाभदायक रहनेछ । पारिवारिक तथा प्रेम सम्बन्धमा पनि सकारात्मक ऊर्जा देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- राजकीय वा प्रशासनिक पक्षबाट अनावश्यक झमेला निम्तिन सक्छ । स्वास्थ्यमा कमजोरी आउने सम्भावना भएकाले सचेत रहनु उचित हुनेछ । प्रतिष्ठामा कमी आउन सक्नेछ । शैक्षिक र व्यवसायिक क्षेत्र अपेक्षाकृत कमजोर देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- शैक्षिक क्षेत्रमा कमजोरी अनुभव हुन सक्छ । काममा ढिला सुस्ती हुने सम्भावना छ, जसले आर्थिक पक्षलाई प्रभावित पार्न सक्छ । व्यवसायमा लगानीको अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ । पारिवारिक सम्बन्धमा अविश्वासको वातावरण देखा पर्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- स्वास्थ्य सन्तोषजनक रहनेछ । आम्दानीका नयाँ स्रोतहरू सक्रिय हुनेछन् । सामाजिक कार्यमा संलग्न भई सम्मान प्राप्त गर्न सकिनेछ । परिवारमा सुखद् समाचारले हर्षको वातावरण बनाउनेछ । सवारी साधन प्राप्त हुने तथा छोटो यात्राको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- समय र परिस्थितिले साथ दिने भएकाले महत्वाकांक्षी योजनाहरू सफल हुनेछन् । लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको सम्भावना छ । व्यवसायमा आफन्त तथा साथीहरूको सहयोग प्राप्त हुनेछ । समग्रमा सकारात्मक उर्जा रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यापारमा अपेक्षा अनुसार लाभ लिन समय लाग्न सक्छ । दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा विवाद उत्पन्न हुन सक्छ । अध्ययनमा प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्छ । धैर्य र संयम अपनाउनु आवश्यक देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्