आज वि.सं.२०८३ साल जेठ १४ गते । बिहीबार । इस्वी सन् २०२६ मे २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–द्धादशी, ९ घडी १९ पला, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–चित्रा, १० घडी ३७ पला, बिहान ९ बजेर २६ मिनेट उप्रान्त स्वाती । योग–वरियान, ५९ घडी ३१ पला, रातको ५ बजेर ० मिनेट उप्रान्त परिध । करण–बालव, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर २५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–चर योग । चन्द्रराशि–तुला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज रमाइलो र मनोरञ्जनको समय छ । पार्टनरको भावनाको कदर गर्दै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुनेछ । असम्भव आशा र अत्यधिक महत्त्वाकाङ्क्षामा अल्झिनुभन्दा परिवारको खुसीका लागि समय निकाल्नु बुद्धिमानी हुनेछ । आयात–निर्यात, वैदेशिक व्यापार, ट्राभेल एजेन्सी लगायतका व्यवसायमा लाभ मिल्ने दिन छ । तर घर परिवारको चाहनाअनुसार खर्च बढ्न सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- मनमा रहेका भ्रम र चिन्ता सतहमा आउने समय छ । अनावश्यक चिन्ताका कारण काम समयमै सम्पन्न गर्न कठिन हुन सक्छ । निराशा र कुण्ठा बढ्न सक्ने भएकाले नबुझेका विषयलाई शान्त भएर पुन: प्रयास गर्नु राम्रो हुन्छ । घमण्ड र अहङ्कार बढ्न सक्ने दिन भएकाले आत्मसंयम अपनाउनु आवश्यक छ । बहस, वादविवाद र तर्कमा भने सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- व्यक्तित्व विकास र उज्ज्वल भविष्यका लागि काम गर्ने समय हो । प्रयास गरेमा अध्ययन वा तालिमको अवसर प्राप्त हुन सक्छ । व्यक्तिगत खुसी, मनोरञ्जन र आरामका लागि समय निकाल्न सकिनेछ । झैझगडा र मुद्दा मामिलाबाट टाढा रहनु राम्रो हुन्छ । आज प्राप्त हुने ज्ञानले भविष्यमा विशेष लाभ दिलाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सहकार्य वा साझेदारीका काममा दौडधूप बढ्नेछ । आर्थिक अवस्था सन्तुलित रहेपनि काममा पूर्ण ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ । एक्लै मेहनत गर्नुपर्ने परिस्थिति बन्न सक्छ। गुरुजनको सल्लाह र मार्गदर्शनले अनुभव बढाउने अवसर दिनेछ । आमाको आशीर्वादले कार्य सफलता दिलाउन मद्दत गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- धन, प्रतिष्ठा र सम्बन्धका हिसाबले दिन राम्रो छ । साझेदारीमा काम गर्दै हुनुहुन्छ भने आफ्ना भावना र विचार स्पष्ट रूपमा राख्नु लाभदायक हुनेछ । सहकर्मी वा जुनियर स्टाफका कारण नियमित काममा केही बाधा आउन सक्छ । एकअर्काको भावना बुझेर अघि बढेमा सम्बन्ध अझ मजबुत बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- बोली र व्यवहारले अरूलाई आकर्षित गर्ने समय हो । दोहोरिएर काम गर्नुपरेपनि परिणाम लाभदायक रहनेछ । कम बोलेर काम गर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या समाधानतर्फ जाने संकेत छन् । तर आलोचना गर्ने र विरोधीहरूको गतिविधि बढ्न सक्ने भएकाले सतर्क रहनुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- सम्बन्धलाई बलियो बनाउन सानो मुस्कान र मायालु व्यवहार नै पर्याप्त हुन्छ । नयाँ कुरा सिक्ने र पढ्ने रुचि जाग्नेछ । नजानेका विषयमा ध्यान दिए राम्रो उपलब्धि प्राप्त गर्न सकिन्छ । महत्त्वाकाङ्क्षा बढ्ने दिन हो, तर केवल कल्पनामा सीमित नभई मेहनत गर्न आवश्यक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- जिम्मेवारी बढ्ने भएकाले व्यवहारिक काममा व्यस्त रहनुपर्नेछ । यसले प्रेम र रोमान्टिक जीवनमा केही असर पार्न सक्छ । स्थान परिवर्तन वा कार्यक्षेत्र बदल्ने सोच आउन सक्छ । यात्रा वा कानुनी विषयमा सतर्क रहनुपर्छ, अन्यथा दण्ड वा जरिवानाको सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- विशिष्ट व्यक्तिको साथ र सहयोग प्राप्त हुने दिन हो । रोकिएका काम अघि बढ्नेछन् र जिम्मेवारी पनि थपिनेछ । आयआर्जनका मार्ग बलिया बन्नेछन् । जीवन साथीसँग घुमघाम वा किनमेलको योजना बनाउँदा सम्बन्धमा ताजापन आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- क्षमता र सीपको उचित मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय र क्यारियरका विषयमा गम्भीर सोच आवश्यक छ । वरिष्ठ व्यक्ति र मान्यजनको सहयोग प्राप्त हुनेछ । मेहनतको प्रतिफल पाइने तथा पुरस्कार वा बढुवाको सम्भावना पनि देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सम्भावना र उपलब्धिले भरिएको दिन छ । सानो प्रयासले पनि राम्रो नतिजा र सम्मान दिलाउन सक्छ । शान्त र स्थिर सोचको विकास हुनेछ । ठूलाबडाको सहयोग पाए कठिन काम पनि सफल बन्नेछन् । लामो समयदेखि रोकिएका काम पुन: सुरु गर्दा सफलता मिल्ने संकेत छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- विश्वास गरेका व्यक्ति वा आफन्तबाट धोका पाउने सम्भावना छ । भ्रम र तनावका कारण झन्झट बढ्न सक्छ । लेनदेन वा सम्झौतामा दबाब महसुस भएपनि हतारमा निर्णय नगर्नु राम्रो हुन्छ । समयसँगै परिस्थितिमा सुधार आउनेछ । परिवार र आफन्तको व्यवहारले मन खिन्न बन्न सक्छ, त्यसैले धैर्य अपनाउनु आवश्यक छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्