शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल जेठ १० गते आइतबार,यस्तो छ तपाईको राशिफल

आइतवार , जेठ १०, २०८३


आज वि.सं.२०८३ साल जेठ १० गते । आइतबार । इस्वी सन् २०२६ मे २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–अष्टमी, १० घडी २२ पला, बिहान ९ बजेर २२ मिनेट उप्रान्त नवमी । नक्षत्र–मघा, ४ घडी ४८ पला, बिहान ७ बजेर ८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–व्याघात, ११ घडी १ पला, बिहान ९ बजेर ३७ मिनेट उप्रान्त हर्षण । करण–बव, बिहान ९ बजेर २२ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह ।
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज सिर्जनात्मक कामप्रति आकर्षण बढ्नेछ । रोकिएका तथा हाँकेका काम सम्पन्न हुने सम्भावना छ । अध्ययन, तालिम तथा ज्ञानमूलक गतिविधिमा संलग्न भई लाभ मिल्ने समय रहेको छ । प्रतिस्पर्धा वा परीक्षामा सफलता हात पर्ने योग देखिन्छ । जुनियर स्टाफ वा सन्तानका माध्यमबाट पनि फाइदा मिल्न सक्छ । प्रेम तथा दाम्पत्य सम्बन्धमा मनका कुरा खुलस्त राख्दा सम्बन्ध अझ बलियो बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आर्थिक दृष्टिले दिन लाभदायक देखिएको छ । हाकिम वा मान्यजनको विश्वास जित्न सकिनेछ भने परिवारबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । घर जग्गा, सेयर वा अचल सम्पत्तिसम्बन्धी कारोबारमा लगानी गर्ने अवसर मिल्न सक्छ । व्यवसाय विस्तारका लागि खर्च बढ्नेछ । यद्यपि परिवारलाई पर्याप्त समय दिन नसक्दा केही असन्तुष्टि देखिन सक्छ । पराइ व्यक्तिसँग व्यवहार गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- सहकार्य र सामाजिक सम्बन्ध मजबुत बन्ने दिन छ । पुराना साथीभाइसँग भेटघाट तथा अध्ययन–लेखन र भविष्यका योजनाबारे छलफल हुने सम्भावना छ । सामाजिक तथा सार्वजनिक हितका कार्यमा सक्रियता बढ्नेछ । करियर परिवर्तन वा उच्च शिक्षाका विषयमा सोच विकसित हुन सक्छ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमता बढाउनेछ । कलात्मक क्षेत्रमा रुचि हुनेहरूका लागि दिन विशेष फलदायी रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-एक्लोपन महसुस गरिरहनुभएको छ भने आज नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । आम्दानीका नयाँ स्रोत खुल्ने संकेत देखिएको छ । आर्थिक लाभको सम्भावना भए पनि जोखिमपूर्ण वा शंकास्पद कारोबारबाट टाढा रहनु उचित हुनेछ । व्यवसायमा नाफा मिल्ने भएपनि वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ । बोली र व्यवहारमा नम्रता अपनाउनु फाइदाजनक हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-आफन्त तथा प्रियजनसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । आत्मविश्वास र ऊर्जा दुवैमा वृद्धि हुनेछ । मिहिनेतको उचित परिणाम प्राप्त हुने समय भएकाले काममा सक्रिय रहनु उपयुक्त हुनेछ । तपाईंको व्यक्तित्व र कार्यशैलीको प्रशंसा हुने सम्भावना छ । विरोधीहरू पनि पछि हट्ने संकेत देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- दैनिक एउटै काम र वातावरणबाट दिक्क लाग्ने अवस्था आउन सक्छ । नयाँ कुरा सिक्ने र कार्यशैली परिवर्तन गर्ने सोच विकसित हुनेछ । खर्च अचानक बढ्न सक्ने भएकाले आर्थिक निर्णय गर्दा सावधानी आवश्यक देखिन्छ । साझेदारीमा कारोबार गर्ने योजना भए सतर्क रहनु होला । विवादास्पद काममा संलग्न हुँदा लाभ भए पनि आत्मसम्मानमा असर पर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :-सरकारी वा प्रशासनिक काम मिलाउनका लागि दिन अनुकूल छ । साथीभाइ तथा सहयोगीबाट साथ र सहयोग प्राप्त हुनेछ । अधुरा काम पुनः सुरु गर्ने समय आएको छ । खर्च बढेपनि पुरानो लगानीबाट लाभ मिल्ने संकेत देखिन्छ । पारिवारिक उन्नति तथा प्रतिष्ठाका लागि नयाँ योजना सुरु हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने समय छ । राजनीति वा समाजसेवामा सक्रिय व्यक्तिहरूका लागि विशेष उपलब्धिमूलक दिन रहनेछ । पुरस्कार, सम्मान वा पद प्रतिष्ठा प्राप्तिको योग बनेको छ । मेहनतको उचित मूल्यांकन हुनेछ । प्रतिस्पर्धी समेत सहयोगका लागि तपाईंको साथ खोज्न आउन सक्छन् । सम्बन्धमा आफ्ना विचार स्पष्ट र तर्कसंगत रूपमा राख्दा राम्रो परिणाम प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-चुनौतीका बीचमा पनि काम सम्पन्न गरेर प्रतिष्ठा जोगाउन सकिने दिन छ । पारिवारिक जिम्मेवारी र अभिभावकको साथ महत्वपूर्ण बन्नेछ । प्रेम सम्बन्धमा भावनालाई नियन्त्रणमा राख्दै संवाद गर्नु राम्रो हुनेछ । मातापिता तथा गुरुजनसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ । लामो दूरीको यात्रा वा भ्रमणको योजना बन्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- स्वास्थ्यमा कमजोरी महसुस भए आरामलाई प्राथमिकता दिनु उचित हुनेछ । खनिज पदार्थ तथा पुरातात्त्विक वस्तुसँग सम्बन्धित व्यवसायमा लाभ मिल्ने संकेत छ । लो ब्लडप्रेसरको समस्या हुनेहरूले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । मनमा लागेको शंका वा चिन्ता विश्वस्त व्यक्तिसँग साझा गर्दा राहत मिल्नेछ । नयाँ विषय सिक्ने अवसर मिल्नेछ, तर हतारमा निर्णय गर्दा समस्या आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-कलात्मक तथा मनोरञ्जनसम्बन्धी क्षेत्रमा सफलता मिल्ने दिन छ । अभिनय, गायन, नृत्य, डिजाइनिङ वा भिडियो निर्माणजस्ता क्षेत्रमा सक्रिय व्यक्तिहरूका लागि अवसर आउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ भने साथीभाइको साथ पनि प्राप्त हुनेछ । कल्पना र भावनामा धेरै समय बित्न सक्ने भएकाले काममा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- कार्य क्षेत्रमा धेरै मेहनत गर्नुपर्ने दिन छ । सेवाग्राही वा सहकर्मीसँगको विवाद ठूलो बन्न सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । प्रेम सम्बन्धमा केही तनाव देखिए पनि संवादले समस्या समाधान गर्न मद्दत गर्नेछ । व्यवसायिक अवस्था सामान्य रहनेछ । स्वास्थ्यमा उतारचढाव आउन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनु आवश्यक देखिन्छ ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया