शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल वैशाख ३१ गते बिहिबार यस्तो छ तपाईको राशिफल

बिहिवार , बैशाख ३१, २०८३

आज वि.सं.२०८३ साल वैशाख ३१ गते । बिहीबार । इस्वी सन् २०२६ मे १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–द्वादशी, ६ घडी ४६ पला, बिहान ८ बजेर ० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रेवती, ३७ घडी २५ पला, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त अश्विनी । योग– प्रिती, २६ घडी १४ पला, दिउँसो ३ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–तैतिल, बिहान ८ बजेर ० मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर १२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :–  हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पति पत्नीमा अविश्वास बढ्ने योग छ । व्यवसायिक यात्राको सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :–  नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुट्कारा मिल्नेछ । मुद्दा मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :–  अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । कृषि चौपायाबाट लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) :– गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभएपनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा माता पिताको सहयोग प्राप्त होला ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) :– व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया