शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल वैशाख  १९ गते शनिबार यस्तो छ तपाईको राशिफल

शनिवार , बैशाख १९, २०८३

आजको राशिफल बिस २०८३ बैशाख १९ गते शनिबार ईस २०२६ मे २ नेपाल सम्बत ११४६ वछलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, व्यतीपात योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :–  कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । काम प्रति उत्साह बढ्दा धन लाभ हुने संकेत छ । सन्तान पक्षबाट सुखद समाचार मिल्न सक्छ । नयाँ योजना बनाउँदा फाइदा हुने देखिन्छ । साथै व्यापार व्यवसायबाट पनि लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  :–  आज अनावश्यक डर लाग्न सक्छ, त्यसैले सतर्क रहनुहोस् । कसैसँग हल्का मनमुटाव हुन सक्छ । निर्णय लिन ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ र चिन्ता बढ्न सक्छ । स्वास्थ्यमा अचानक समस्या आउन सक्ने तथा चोट पटकको सम्भावना पनि देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  :–  आज तपाईंले कसैबाट आदर पाउने दिन छ, तर जागिरमा भने खासै मन नलाग्न सक्छ । धन र मान सम्मान प्राप्त हुने योग छ । नोकरी तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ र अरूलाई प्रभावित पारेर काम सफल बनाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :–  आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुनेछ । रुपैयाँ पैसाको कारोबार पनि राम्रो रहनेछ । परिवारजनको साथले नयाँ आशा जाग्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल मिल्नेछ । कृषि कार्यबाट पनि लाभ लिन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  :–  नसोचेको स्थानबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा सामान्य विवाद हुन सक्ने सम्भावना छ । आकस्मिक निम्तोमा सहभागी हुने अवसर मिल्न सक्छ । आहार विहारमा विशेष ध्यान दिनु राम्रो हुन्छ । उपहार प्राप्त हुने तथा आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान पाइने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  :–  आज अल्छीपनले सताउन सक्छ । स्वास्थ्यमा समस्या आउँदा धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ, जसले गर्दा काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  :– परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुन सक्छ । बुद्धिको सही प्रयोगबाट काममा सफलता पाइनेछ । अन्न तथा धन लाभ हुनेछ । परिवारजनका अपेक्षा पूरा गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  :– आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ हुने दिन छ र कसैबाट सहयोग पनि प्राप्त हुनेछ । पुराना साथीसँग भेटघाटले मन प्रसन्न हुनेछ । अनौठो तरिकाबाट आम्दानी हुने सम्भावना छ । परिवारबाट सुखद अनुभूति प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  :–  शरीरमा सामान्य समस्या देखिन सक्छ, तर सामाजिक सम्मान पाइने समय छ । यात्राको योग छ । अनौठो तरिकाबाट आम्दानी हुने संकेत छ । रमाइलो यात्रा, घुमफिर र मनोरञ्जनमा दिन बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  :– आर्थिक पक्ष कमजोर रहन सक्छ । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् । सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । भौतिक सर सामानको क्षति हुने सम्भावना छ । खर्च बढ्दा आर्थिक अभाव हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  : बिहान सुखद अनुभव भएपनि बेलुका काममा मन नलाग्न सक्छ । मेहनत गर्दा असम्भवजस्तो देखिएको काम पनि बन्न सक्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आकस्मिक भेटघाटले मन प्रसन्न हुनेछ, तर सबै काम सोचे अनुसार नहुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  :–  आज पैसा कमाउने राम्रो योग छ । नसोचेको स्रोतबाट आम्दानी हुन सक्छ । आम्दानीका नयाँ अवसरहरू खुल्नेछन् । व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ । उपलब्धिमूलक यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया