शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल वैशाख  १८ गते शुक्रबार यस्तो छ तपाईको राशिफल

शुक्रवार , बैशाख १८, २०८३

आज वि.सं.२०८३ साल वैशाख १८ गते । शुक्रबार । इस्वी सन् २०२६ मे १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–पूर्णिमा, ४१ घडी १५ पला, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–स्वाती, ५६ घडी ७ पला, रातको ३ बजेर ५४ मिनेट उप्रान्त विशाखा । योग–सिद्धि, ३८ घडी ४० पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा, बिहान ९ बजेर १८ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज बुद्ध जयन्ती, उभौली पर्व र अन्तर्राष्ट्रिय श्रमिक दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :–  आज तपाईंलाई काम गर्न मन लाग्ने भएकाले मन प्रसन्न रहनेछ । आफन्तहरूले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । तर व्यवसायिक कामबीच अवरोध आउन सक्छ । केही चुनौती देखिए पनि प्रयास गरेमा समयको सदुपयोग भई धन लाभ हुने सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  :–  आज हात हतियारबाट जोगिएर काम गर्नुहोस् । छरछिमेकसँग सामान्य मनमुटाव बढ्न सक्छ । तपाईंको कुरा काट्नेहरू सक्रिय रहनेछन् । ठूला व्यक्तिहरूबाट आलोचना हुन सक्छ र विवादको सम्भावना पनि छ । परिवारमा असमझदारी बढ्न सक्छ, मान्यजन वा अभिभावक रुष्ट हुन सक्छन्, त्यसैले सावधान रहनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  :–  आज तपाईंले केही काममा झमेलाको सामना गर्नुपर्ने देखिन्छ । जागिरमा अल्छीपन बढ्न सक्छ । कसैले काममा बाधा पुर्‍याउन सक्छ, जसले प्रगति रोक्न सक्छ । जागिरमा समस्या देखिए पनि धन र मान प्राप्त हुने योग छ । राजनीति वा पेशागत क्षेत्रमा आफ्नो प्रभाव बढाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :–  आज पराक्रम बढ्नेछ । अधुरा कामहरू सम्पन्न हुने र नयाँ काम पाउने योग छ । पढाइमा भने मन नलाग्न सक्छ । सोचेका काम पूरा हुने सम्भावना छ । पाहुनाको आगमन हुन सक्छ । सामाजिक जिम्मेवारी प्राप्त हुने र नयाँ अवसर हात पार्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  :–  आज प्राय: सबै काम सफल हुनेछन् । काममा साथ र सहयोग पाइनेछ । आर्थिक लाभ हुने दिन हो । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । भोज भतेरमा सहभागी भई ठूला व्यक्तिहरूको विश्वास जित्न सकिनेछ । सृजनात्मक कार्यमा सफलता मिल्नेछ र व्यापारमा पनि फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  :–  आज वैदेशिक कार्यमा असफलता भई दु:ख पाउने योग छ । भाग्यले साथ नदिन सक्छ र धनहानी हुन सक्छ । विवाद बढ्न सक्छ, सामाजिक मर्यादामा असर पर्न सक्छ । काममा अवरोध आउने र मानसिक चिन्ता बढ्ने सम्भावना छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  :–  व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । अन्न तथा धन लाभ हुने सम्भावना छ । नजिकका नातेदारबाट सहयोग पाइनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुपालनमा पनि फाइदा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  :–  आज धन कमाउने अवसरहरू सुरु हुनेछन् । सोचेका काममा सफलता मिल्नेछ । धन लाभको योग रहेको छ र दिन खुशीपूर्वक बित्नेछ । परिवारमा सुखद वातावरण रहनेछ । सहयोगी व्यक्तिहरू भेटिनेछन् र थकानबाट राहत मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  :–  आज टाढाको यात्रा हुने सम्भावना छ । परिवारमा खुशीको माहोल रहनेछ । नयाँ ठाउँको भ्रमण र पुराना साथीहरूसँग भेटघाटले मन प्रसन्न हुनेछ । दिन रमाइलो बित्नेछ । यात्राबाट केही धन आर्जन हुने सम्भावना पनि छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  :– दैनिक प्रयोगका सामान बिग्रनाले आर्थिक हानि हुन सक्छ । स्वास्थ्य कमजोर रहनेछ र काममा सफलता पाउन कठिन हुन सक्छ । सामान्य रोगले पनि सताउन सक्छ । समय मध्यम छ । कुनै नयाँ समाचारले खिन्नता बढाउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  :–  मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । तर सोचेका काममा अवरोध आउन सक्छ । अरूको काम धेरै गर्नुपर्ने भएपनि त्यसअनुसारको फल कमै प्राप्त हुनेछ । छर छिमेकमा केही असमझदारी बढ्न सक्छ, तर ठूलो हानि हुने छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  :–  बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । पढाइमा सफलता मिल्ने दिन हो । स्वास्थ्यमा सुधार आउने भएकाले नयाँ काममा ध्यान दिएमा मान सम्मान प्राप्त हुनेछ । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा पाइनेछ । तर हल्का शारीरिक अस्वस्थता देखिन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया