शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज बिहीवारको मौसम पूर्वानुमान

बिहिवार , बैशाख १७, २०८३

काठमाडौँ १७ वैशाख - हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर बादल लागेको छ । 

आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशको हिमाली भूभागमा साधारणता बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

 

प्रतिक्रिया