शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल वैशाख  १६ गते बुधबार यस्तो छ तपाईको राशिफल

बुधवार , बैशाख १६, २०८३

आज  वि.सं.२०८३ साल वैशाख १६ गते । बुधबार । इस्वी सन् २०२६ अप्रिल २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–त्रयोदशी, ३६ घडी ३१ पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–हस्त, ४७ घडी ४८ पला, रातको १२ बजेर ३६ मिनेट उप्रान्त चित्रा । योग–हर्षण, ३९ घडी ५८ पला, बेलुकी ९ बजेर २८ मिनेट उप्रान्त बज्र । करण–कौलव, बिहान ७ बजेर ५६ मिनेट उप्रान्त तैतिल, बेलुकी ८ बजेर ८ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी ४७ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  अनावश्यक रूपमा कसैसँग झै-झगडा हुन सक्छ, त्यसैले संयमित रहनुहोस् । यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ । लेनदेन सम्बन्धी समस्या आउन सक्छ । शत्रुहरू सक्रिय हुने सम्भावना छ । व्यापारमा घाटा बेहोर्नुपर्न सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रबाट प्रशंसा पाइनेछ र नसोचेको सम्मान प्राप्त हुन सक्छ । पढाइमा सुधार आउने संकेत छ । आलोचना गर्नेहरू पनि प्रशंसक बन्न सक्छन् । काममा केही चुनौती आउन सक्छ । लेनदेनमा सावधानी अपनाउनुहोस् । जागिरमा सम्मान प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- अधुरा कामहरू पूरा हुने र नयाँ अवसर प्राप्त हुने सम्भावना छ । राम्रो आम्दानी हुने योग छ । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नेछन् । आकस्मिक निम्तो आउन सक्छ । मनोबल र आत्मविश्वास बढ्नेछ, जसले खुशी प्रदान गर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  व्यापार व्यवसायमा संलग्नहरूलाई विशेष लाभ हुने सम्भावना छ । रुचिका क्षेत्रमा लगानी बढाउन अनुकूल समय छ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । यद्यपि कृषिजन्य काममा अपेक्षाअनुसार लाभ नहुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- सडक पार गर्दा वा औजार प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । पुरानो रोगले पुन: सताउन सक्छ । खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रु सक्रिय हुने सम्भावना छ । काममा अवरोध आउन सक्छ, जसले आर्थिक हानि पुर्‍याउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-  विभिन्न अवसरहरू प्राप्त हुनेछन् । भविष्यका लागि महत्वपूर्ण कामको आधार तयार हुनेछ । आर्थिक लाभको योग छ । शिक्षामा प्रगति हुने समय छ, अध्ययनमा ध्यान दिनु उपयुक्त हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । अधुरा कामहरू पूरा हुनेछन् र आफन्तको सहयोग पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- अरूको विश्वास सजिलै जित्न सकिनेछ । धन तथा मान सम्मान प्राप्त हुने योग छ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेका कामहरू पनि पूरा हुनेछन् । अनौठा समाचार सुन्न पाइनेछ । धार्मिक यात्रा वा देवालय भ्रमणको अवसर मिल्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  अनुकूल यात्राको योग छ । पठन पाठन सामान्य रहनेछ । प्रयास गरेमा अवसरको फाइदा लिन सकिनेछ । रमाइलो र सुखद यात्रा हुन सक्छ । जीवन साथी वा आमाको सल्लाहमा गरिएको काम सफल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  हतारमा निर्णय गर्दा काम बिग्रन सक्छ, त्यसैले सोच विचार गरेर मात्र कदम चाल्नुहोस् । मान्यजनको सुझाव मन नपर्न सक्छ । आर्थिक समस्या आउन सक्छ र लेनदेनमा विवाद हुन सक्छ । घरायसी समस्या पनि देखा पर्न सक्छ । पढाइमा ध्यान दिन कठिन हुन सक्छ । आर्थिक हानि हुने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- ननयाँ वा दीर्घकालीन योजना बनाउन आजको दिन उपयुक्त नहुन सक्छ । गलत सोचले काममा अवरोध ल्याउन सक्छ । अरूको काममा समय खर्च हुन सक्छ । जागिर वा राजनीतिमा सम्मान प्राप्त हुने सम्भावना छ । अरूको मन जित्न सकिनेछ र कामबाट सन्तुष्टि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  सोच्ने क्षमता र निर्णयशक्ति बढ्नेछ । आलोचकहरू पनि प्रशंसक बन्न सक्छन् । अन्न तथा धनमा वृद्धि हुने योग छ । दाम्पत्य जीवन सुखद रहनेछ । प्रेम सम्बन्ध बलियो बन्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-   परिश्रमले धेरै काम सफल हुनेछन् । राम्रो आम्दानी हुने सम्भावना छ र भाग्य पनि बलियो रहनेछ । परोपकार र धार्मिक कार्यमा लगानी गर्दा सकारात्मक परिणाम मिल्नेछ । मनोरञ्जनमा समय बित्नेछ । व्यापारमा राम्रो लाभ हुनेछ । साथीभाइको सहयोग पाइए पनि आफन्तको सहयोग कम मिल्न सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया