मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सिन्धुलीमा छायांकन गरिएको जितेश प्रधानको ‘फर्किदैनौ थाहाछ’ सार्वजनिक

शनिवार , बैशाख १२, २०८३

सिन्धुली,१२ बैशाख - सिन्धुलीका कलाकार जितेश प्रधानको नयाँ गीत ‘फर्किदैनौ’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतको निर्देशन स्वयं जितेश प्रधानले गरेका हुन्।

गीतमा जितेश प्रधान र सन्दीप लामाको स्वर रहेको छ भने संगीत साका बिटले तयार पारेका हुन्। गीतको भ्वाइस रेकर्डिङदेखि भिडियो छायांकनसम्मका सबै काम सिन्धुलीमै गरिएको निर्माण पक्षले जनाएको छ।

जेपी प्रोडक्सन्स एण्ड मिडिया हाउसको प्रस्तुति रहेको उक्त गीतमा स्थानीय कलाकार, प्रविधि र स्थानलाई प्राथमिकता दिइएको छ। सिन्धुलीमै गीत र भिडियो निर्माण गरिएकोले यसले स्थानीय कला, संस्कृति र सिर्जनशीलतालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कलाकार जितेश प्रधानले हालसम्म ११ वटा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। निरन्तर गीत–संगीत र भिडियो निर्माणमा सक्रिय प्रधानले ‘फर्किदैनौ थाहाछ’मार्फत दर्शक–श्रोतामाझ नयाँ सिर्जना प्रस्तुत गरेका हुन्।

गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास निर्माण पक्षले लिएको छ।

 

प्रतिक्रिया