आज वि.सं.२०८३ साल वैशाख ११ गते । शुक्रबार । इस्वी सन् २०२६ अप्रिल २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–अष्टमी, ४५ घडी ४८ पला, बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य, ४७ घडी ४० पला, रातको १२ बजेर ३७ मिनेट उप्रान्त अश्लेषा । योग–धृती, ६ घडी ३० पला, बिहान ८ बजेर ९ मिनेट उप्रान्त शूल । करण–भद्रा, दिउँसो १२ बजेर ४८ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २९ पला । आज : अष्टमी व्रत । गोरखाकालीपूजा । श्रीपशुपतिनाथमा दमनार्पण ।लोकतन्त्र दिवस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य जिवनमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- सुप्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ । साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ । अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्