शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल वैशाख १० गते बिहिबार यस्तो छ तपाईको राशिफल

बिहिवार , बैशाख १०, २०८३

आज वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी, ५० घडी ३५ पला, रातको १ बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वशु, ५० घडी ३३ पला, रातको १ बजेर ४७ मिनेट उप्रान्त तिष्य । योग–सुकर्मा, १३ घडी २९ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त धृती । करण–गर, दिउँसो २ बजेर ५२ मिनेट उप्रान्त वणिज, रातको १ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ७ मिनेट उप्रान्त कर्कट ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाट बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीमार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोस् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् र नाम, दाम तथा इनाम प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर मिल्नेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ । केही नोक्सानी भएपनि दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । व्यापारमा राम्रो लाभ हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- तारिफ योग्य काम सम्पन्न हुनाले थप अवसर जुट्न सक्छ । अवसर पाएपनि काममा हात हाल्नु अघि राम्ररी विचार गर्नुहोस् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा पार्न सकिनेछ । भविष्यका लागि महत्वपूर्ण कामको आधार तयार गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  रोकिएका काममा पुनः प्रयास गर्नुहोस् । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुन सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्ने व्यक्तिहरूले रचनात्मक कामतर्फ प्रेरित गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोस् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-  दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर छ । नजिकका साथी टाढिएपनि टाढाका साथी नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पुराना कमजोरी सुधार गर्ने मौका पनि मिल्नेछ । राम्रो धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- सामान्य आम्दानी भइरहेपनि आर्थिक अभावले सताउन सक्छ । छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आशा नगरेको काम बन्नाले उत्साह बढ्नेछ । उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउनुहोस् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोस् । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । अरूमा भर पर्दा धोका हुन सक्छ । गोपनीयतामा ध्यान दिनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमबाट धेरैलाई प्रभावित पार्न सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागेपनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । राम्रो धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आज नातेदारहरूसँग झैझगडा पर्न सक्ने सम्भावना छ, साथै आर्थिक समस्या पनि आउन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् । वादविवादमा पर्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोस् । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । यद्यपि धन आर्जनका अवसर पनि प्राप्त हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-   आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान प्राप्त हुनेछ । तर गरिरहेको काममा केही समस्या आउन सक्छ । चुनौतीहरू पार गर्दै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । फाइदा मात्र पछ्याउँदा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाउँबाट धन आर्जन हुने संकेत छ ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया