आज वि.सं.२०८३ साल वैशाख ९ गते । बुधबार । इस्वी सन् २०२६ अप्रिल २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–पञ्चमी, १ घडी ४९ पला, बिहान ६ बजेर १८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–आर्द्रा, ५४ घडी ३ पला, रातको ३ बजेर १२ मिनेट उप्रान्त पुनर्वसु । योग–अतिगण्ड, २० घडी ५१ पला, दिउँसो १ बजेर ५५ मिनेट उप्रान्त सुकर्मा । करण–बालव, बिहान ६ बजेर १८ मिनेट उप्रान्त कौलव, बेलुकी ५ बजेर ७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १२ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्रप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भएपनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यवसायिक काममा पनि त्यत्ति फाइदा नहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जितेपनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्