शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८३ साल वैशाख ०८ गते मंगलबार यस्तो छ तपाईको राशिफल

मंगलवार , बैशाख ८, २०८३

आजको राशिफल बिस २०८३ बैशाख ८ गते मंगलबार ईस २०२६ अप्रिल २१ नेपाल सम्बत ११४६ वछलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष पञ्चमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- परम्परागत कार्यलाई समय अनुसार परिवर्तन गर्ने अवसर मिल्नेछ । प्रतिष्ठा र मान सम्मान बढ्नेछ भने भाग्यले अप्रत्याशित लाभ दिलाउन सक्छ । चुनौतीहरू हट्दै जानेछन् र आम्दानीका स्रोत विस्तार हुने संकेत छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- प्रयास गरेको काम छिट्टै पूरा हुने भएकाले समय व्यवस्थापन सहज रहनेछ । रचनात्मक कार्य सुरु गर्न सकिनेछ । स्वास्थ्यमा केही समस्या देखिए पनि आत्मबलले पार पाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- जमिन र पशुधनबाट सामान्य लाभ हुनेछ । पारिवारिक सहयोग, विशेष गरी आमाको साथले काम बन्नेछ । केही परिस्थितिले मानसिक तनाव दिन सक्छ, तर सामाजिक हितका कार्यमा संलग्न हुने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मेहनत अनुसार प्रतिफल पाइने समय छ । रोकिएका काम पूरा हुने र नयाँ काम सुरु गर्न अनुकूल समय छ । सहयोगीहरूको साथ मिल्नेछ र जीवनशैली सुधार्ने अवसर आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  व्यापार तथा उद्योगमा विशेष लाभ हुने देखिन्छ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । टाढाको यात्रा र सुखद समाचार प्राप्त हुने सम्भावना छ । स्वास्थ्य र उत्साह दुवै राम्रो रहनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-  कर्म अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि तथा पशुपालनमा केही समस्या आएपनि आर्थिक लाभ प्रशस्त हुने संकेत छ । दाम्पत्य जीवन सुखद रहनेछ र व्यवसायिक यात्राको सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- अविवेकी वाचा गर्दा समस्या आउन सक्छ, सावधानी अपनाउनु होला । साथीभाइसँग दूरी बढ्न सक्छ । तर, नयाँ ज्ञान सिक्ने अवसर र व्यापारमा लाभ हुने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  मनमा डर भएपनि अवसरहरू आउनेछन् । सही समयमा निर्णय लिन सकिनेछ । आशा नगरेका कामले पनि उत्साह दिनेछ, यद्यपि तत्काल लाभ भने नदेखिन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । धेरैको मन लोभ्याउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- परिवारसँग समय बिताउने र स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ । प्रेम र मित्रता बलियो बन्नेछ । तर, अनावश्यक आरोप र प्रशासनिक झन्झटमा पर्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- अरूका लागि काम गर्दा आफ्ना योजना प्रभावित हुन सक्छन् । आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु आवश्यक छ । चोरी वा ठगीको जोखिम हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-   दीर्घकालीन लाभ दिने कार्यमा लगानी गर्ने समय छ । तार्किक क्षमता बढ्नेछ र विशेष कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । तर, अनावश्यक वाचा गर्दा समस्या आउन सक्छ ।
 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया