शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल वैशाख  ०७ गते सोमबार यस्तो छ तपाईको राशिफल

सोमवार , बैशाख ७, २०८३


आज वि.सं.२०८३ साल वैशाख ७ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–तृतीया, १३ घडी ५३ पला, बिहान ११ बजेर १० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–कृतीका, ६ घडी १४ पला, बिहान ८ बजेर ६ मिनेट उप्रान्त रोहिणी । योग–सौभाग्य, ३६ घडी १० पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त शोभन । करण–गर, बिहान ११ बजेर १० मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १४ पला । आज अक्षय तृतीया, धर्मघटादिदान, त्रेतायुगादि, लुभु महालक्ष्मी भैरव यात्रा, तनहुँ दभुङ्ग, श्रीचण्डीदेवी पूजा, शिवपार्वती विवाह महोत्सव, बैतडी विश्वनाथ धाममा अक्षय कुम्भ मेला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-  आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यवसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइ लेखाइमा पनि प्रगति गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-   भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।
 

                                             राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया