आज वि.सं.२०८३ साल वैशाख ३ गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल १६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख कृष्णपक्ष । तिथि–चतुर्दशी, ३४ घडी १२ पला, बेलुकी ७ बजेर २२ मिनेट उप्रान्त औँसी । नक्षत्र–उत्तराभाद्रपदा, १८ घडी ३२ पला, मध्यान्ह १ बजेर ६ मिनेट उप्रान्त रेवती । योग–ऐन्द्र, १० घडी २२ पला, बिहान ९ बजेर ५० मिनेट उप्रान्त वैधृती । करण–भद्रा, बिहान ८ बजेर ४ मिनेट उप्रान्त शकुनी, बेलुकी ७ बजेर २२ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पति पत्नीमा अविश्वास बढ्ने योग छ । व्यवसायिक यात्राको सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु बान्धव बीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला । गरी आएका काम र व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुट्कारा मिल्नेछ । मुद्दा मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । कृषि चौपायाबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा माता पिताको सहयोग प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्