वि.सं.२०८३ साल वैशाख २ गते । बुधवार । ईश्वी सन् २०२६ अप्रिल १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख कृष्णपक्ष । तिथि–त्रयोदशी, ३७ घडी २४ पला, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाभाद्रपदा, १९ घडी ४० पला, मध्यान्ह १ बजेर ३४ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ब्रम्ह, १५ घडी २१ पला, बिहान ११ बजेर ५० मिनेट उप्रान्त ऐन्द्र । करण–गर, बिहान ९ बजेर ९ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कुम्भ, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त मीन ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५५ पला । पञ्चक, प्रदोष व्रत, मध्यपुर थिमि बालकुमारी यात्रा, भक्तपुर महाकाली महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, ललितकला दिवस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- शैक्षिक उन्नतिका प्रशस्त अवसर प्राप्त हुनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखद रहनेछ । खानपानमा विशेष ध्यान दिनुहोस् । नयाँ कामको अवसर मिल्नेछ भने शैक्षिक व्यवसायमा संलग्नहरूका लागि समय अनुकूल छ । वैदेशिक कार्यहरू सहज रूपमा अघि बढ्नेछन् र व्यापार व्यवसायमा राम्रो फाइदा हुने योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- चरित्र सम्बन्धी आरोप लाग्न सक्ने भएकाले विपरीत लिङ्गीसँग दूरी राख्नु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्न सक्छ । उद्योग व्यापारमा राम्रो लाभ हुनेछ । शत्रु तथा प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । विगतको मेहनतबाट पर्याप्त धन लाभ हुने संकेत छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ । अध्ययनमा अवरोध आउन सक्ने भएकाले सावधानी आवश्यक छ । आज गरिएका निर्णयले नकारात्मक असर पार्न सक्छ, त्यसैले सोच विचार गरेर निर्णय लिनुहोस् । लेनदेनमा विवादको सम्भावना छ । काममा ढिलाइ र मान सम्मानमा कमी आउन सक्छ, यद्यपि विगतको श्रमबाट केही लाभ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- नगद सहयोग दिनु अघि सोच्नुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्नु लाभदायक हुनेछ । आय व्यय सन्तुलन मध्यम रहनेछ तर खर्च बढ्न सक्छ । उपहार प्राप्त हुने योग छ । सहयोगीहरूको साथ मिल्नेछ । रोकिएका कामहरू सम्पन्न हुने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- धार्मिक कार्यमा मन नलाग्न सक्छ र भाग्यले साथ नदिने संकेत छ । विश्वासघात हुन सक्ने भएकाले गोपनीयतामा सावधानी अपनाउनुहोस् । विदेश बसोबासको प्रयासमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ र टाढिएका जोडी बीच पुनर्मिलनको सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- घर वा सवारी साधन जोड्ने अवसर मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्य अनुसार सफलता मिल्नेछ, तर काम समयमै सम्पन्न नहुन सक्छ । आत्मीय व्यक्तिसँग मनमुटाव बढ्न सक्छ र निर्णय क्षमतामा कमी देखिन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- हड्डी, नशा र पेट सम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । गोपनीयता कायम राख्नु उचित हुनेछ । आम्दानीका अवसर बढ्नेछन् । पुराना मित्रसँग भेटघाट हुन सक्छ, तर विवादको सम्भावना पनि छ । विद्यार्थीका लागि दिन राम्रो रहनेछ र सन्तानबाट खुसी मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- दाम्पत्य जीवनमा विवाद बढ्न सक्छ । घरेलु समस्याले चिन्ता बढाउन सक्छ र साथी तथा आफन्तबाट धोका हुन सक्छ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लागेर विवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन्, तर प्रेम सम्बन्ध मजबुत बन्ने संकेत पनि छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- जागिर तथा राजनीतिमा गरेका प्रयास सफल रहनेछन् । स्वादिष्ट भोजनको अवसर मिल्न सक्छ । कृषिमा कामको चाप बढेपनि आर्थिक रूपमा लाभ हुने समय छ । लगनशीलतामा कमी हुँदा आलोचना सहनुपर्ने अवस्था आउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- बोलीको प्रभावले अरूलाई प्रभावित पार्दै आफ्नो काम अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । भेटघाटको अन्योलले योजना प्रभावित हुन सक्छ, त्यसैले सतर्क रहनुहोस् । सन्तानबाट खुसी मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आम्दानी सीमित हुँदा आर्थिक समस्या आउन सक्छ । अनावश्यक यात्रा बढ्न सक्छ र लाभदायक यात्रा कम हुने देखिन्छ । प्रेम सम्बन्धमा उतार चढाव आउन सक्छ । पढाइमा ध्यान कम हुन सक्ने भएकाले संयम आवश्यक छ । पुरानो रोग दोहोरिन सक्छ, तर विगतको श्रमबाट धन लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- हाड जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । आर्थिक कारोबारमा अवरोध आउन सक्छ । धार्मिक कार्यमा रुचि कम देखिनेछ । अरूको विश्वास जित्न सफल भइनेछ । बौद्धिक कार्यमा प्रगति हुनेछ, ऊर्जा र उत्साह बढ्नेछ । पुराना समस्या समाधान हुने र व्यापार व्यवसायमा लाभ हुने योग छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्