शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ साल चैत २८ गते शनिबार यस्तो छ तपाईको राशिफल

शनिवार , चैत्र २८, २०८२

आज बिस २०८२ चैत २८ गते शनिबार ईस २०२६ अप्रिल ११ नेपाल सम्बत ११४६ चौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सिद्ध योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  पैत्रिक सम्पत्तिमा विवाद आउन सक्नेछ भने दाजुभाइ बीच भागबण्डाको समय देखिन्छ । व्यवसाय र कृषितर्फ लगनशीलता देखाए ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्छ । माता पिताको स्वास्थ्य वा अवस्था बारे चिन्ता बढ्नेछ । विश्वास पात्रबाट धोका पाइने सम्भावना छ । वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ । श्रम अनुसारको मूल्य नपाइने संकेत छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि र लाञ्छनाजस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी र बन्धु बान्धवसँग मनमुटाव बढ्नेछ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । काममा ढिलाइ र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको सम्भावना छ । आर्थिक अभावले सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- विद्यार्थीहरूको पढाइमा केही गिरावट आउन सक्छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र दाम्पत्य जीवनमा असमझदारी बढ्न सक्छ । यद्यपि शिक्षा र साझेदारीबाट लाभ पनि मिल्नेछ । परोपकार र शुभ कार्यमा संलग्न हुने अवसर मिल्नेछ । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल छ । तर्क शक्ति बढ्नेछ र कीर्तिमानी काम गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- पेट र छाती सम्बन्धी समस्या सताउन सक्छ । विद्यार्थीहरूका लागि समय अनुकूल छ । लामो समयदेखि रोकिएका कामहरू बन्नेछन् । बौद्धिक कार्यमा सफलता र पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । ध्यान, मनन र सिर्जनात्मक कामतर्फ रुचि बढ्नेछ । घरमै बसेर पनि विभिन्न काम सम्पन्न गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  नयाँ उद्योगधन्दा सुरु गर्ने अवसर मिल्नेछ । समाजसेवा र परोपकारमा रुचि बढ्नेछ । तर आयआर्जनमा कमी हुँदा ठूलो प्रगतिमा बाधा आउन सक्छ । राम्रो रोजगारी, नयाँ नियुक्ति वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानान्तरणको योग पनि देखिन्छ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । नशाको वा जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । समग्रमा समय केही चुनौतीपूर्ण रहन सक्छ ।

न्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- स्वास्थ्यमा समस्या, काममा झमेला र आफन्त बीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप लाग्ने सम्भावना छ । तर विदेश यात्रा वा प्रवासमा रहेकाहरूका लागि समय अनुकूल छ । सहयोगीहरू नै प्रतिस्पर्धी बन्न सक्छन् । कृषि र व्यवसायमा उन्नति हुनेछ र राम्रो आम्दानी हुने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- साना व्यक्तिको सहयोगले ठूलो फाइदा लिन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ र विभिन्न अवसर प्राप्त हुनेछन् । जीवन साथी र सन्तानबाट भौतिक लाभ मिल्नेछ । घर जग्गा जोड्ने अवसर मिल्नेछ । उच्च अध्ययनका लागि विदेश यात्रा गर्ने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूबाट सतर्क रहनु पर्नेछ । रोकिएका कामहरू बन्न थाल्नेछन् । सामाजिक र परोपकारी कार्यमा रुचि बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । सोच्ने क्षमता बढ्नेछ । आलोचना गर्नेहरू नै प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको वृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । जीवन साथी र सहयोगीहरूको साथले काम सफल हुनेछन् । विद्यार्थीहरूका लागि उपलब्धिमूलक समय छ । शिक्षा र साझेदारीबाट लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-   स्थायी सम्पत्ति जोड्ने अवसर मिल्नेछ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावना छ । तर विवेक प्रयोग गर्न नसक्दा समस्या आउन सक्छ । बोलीको गलत अर्थ लाग्न सक्छ, विवादमा परिने र आर्थिक संकटको सम्भावना छ । शक्तिमा नियन्त्रण आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कृषि र पशुपालनमा सामान्य तर उद्योग र व्यापारमा राम्रो लाभ हुने देखिन्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मान सम्मान प्राप्त हुनेछ । रोजगारी र उद्योगका अवसरहरू आउने छन् । धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-   स्थापित व्यवसाय, कृषि कर्म र उद्योगलाई निरन्तरता दिन सकिनेछ । बिना कारण चुनौतीहरू सामना गर्नुपर्ला । तर आम्दानीका स्रोत प्रशस्त हुनेछन् । व्यवसायमा अपेक्षाभन्दा बढी सफलता मिल्नेछ । पढाइमा राम्रो नतिजा प्राप्त हुनेछ । विभिन्न अवसरहरूले साथ दिनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया