शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

माैसम पूर्वानुमान

यस्तो छ आज शुक्रवारको मौसम पूर्वानुमान

शुक्रवार , चैत्र २७, २०८२


 काठमाडौं ,२७ चैत - देशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज शुक्रवार तराईका भूभागमा हावाहुरीको सम्भावना छ ।  

हाल देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र तराई भूभागमा आंशिक बादल लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहीबार राति मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । 

शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा  वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । "कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा  वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ," विभागले भनेको छ ।

विभागका अनुसार, राति कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी र गण्डकी  प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

प्रतिक्रिया