आज बिस २०८२ चैत २५ गते बुधबार ईस २०२६ अप्रिल ८ नेपाल सम्बत ११४६ चौलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वारियन योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- काम प्रति रुचि घट्नेछ भने मनमा नकारात्मक विचारले स्थान लिन सक्छ । काममा अवरोध आउनुका साथै मान सम्मानमा पनि आघात पुग्ने सम्भावना छ । तर, आर्थिक पक्ष भने सुधारोन्मुख रहनेछ । सोच्दै नसोचेका काम समेत सम्पन्न हुन सक्छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- दिन दुःखीलाई गरेको सहयोगले रोकिएका काम बन्न सक्छन् । धन लगानी गर्ने अवसर प्राप्त हुनेछ । उद्योग तथा व्यापारमा विशेष लाभ मिल्नेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सहजै परास्त गर्न सकिनेछ । साझेदारी काममा अपेक्षाभन्दा बढी फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- सहयोग, पुरस्कार तथा हौसलामा वृद्धि हुनेछ । बिग्रिएका कामहरू बन्नेछन् । कमजोरी माथि टिप्पणी हुन सक्ने भएकाले सचेत रहनु आवश्यक छ । विगतका कामबाट लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ भने सवारी साधन तथा पैत्रिक सम्पत्तिबाट पनि लाभ लिन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- विश्वास गरेका व्यक्तिबाट नै धोका हुन सक्ने सम्भावना छ । अनावश्यक यात्रा नगर्नु उपयुक्त हुनेछ । गरेका कामको उचित प्रतिफल प्राप्त हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा केही समस्या आउन सक्छ । अवसर आएपनि समयमै निर्णय लिन नसक्दा पछि पर्न सकिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- माता पिताको स्वास्थ्यमा केही समस्या देखिन सक्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । विगतका निर्णयका कारण काममा असर पर्न सक्छ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । असावधानीका कारण खर्च बढ्नेछ र प्रलोभन दिनेहरूले फसाउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- प्रशस्त धन आर्जन गर्ने अवसर प्राप्त हुनेछ । कर्म प्राप्तिको योग रहेको छ र राम्रो सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि लाभदायक अवस्था रहनेछ । माता पिताको सहयोग प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- व्यवसायबाट राम्रो फाइदा उठाउने अवसर छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । परिवारजनको सहयोग पाएमा काममा अझ सफलता मिल्नेछ । पशुधन तथा जमिनबाट सामान्य लाभ हुनेछ । प्रतिष्ठा बढाउने काम गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले दैनिक काममा असर पर्न सक्छ । बोलीको गलत अर्थ लाग्न सक्छ र लेनदेनमा विवाद बढ्न सक्छ । सहयोगीहरूको साथ कम मिल्न सक्छ । भेटघाटमा समय व्यर्थ हुँदा काममा बाधा आउन सक्छ । झुटा आश्वासन दिनेहरू प्रति सचेत रहनु आवश्यक छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- पारिवारिक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । शुभचिन्तकहरूले कमजोरी औंल्याउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु आवश्यक छ । व्यवसायिक काममा राम्रो फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- धर्म कर्म प्रति रुचि बढ्नेछ । खेलकुद तथा कला क्षेत्रमा रहेका व्यक्तिहरूका लागि समय उत्साहजनक रहनेछ । प्रशस्त धन आर्जन गर्ने अवसर छ । कम प्रतिस्पर्धामै फाइदा हुने योग रहेको छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- समाजमा आलोचना गर्नेहरूको कमी हुने छैन । आकस्मिक यात्राको योग छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । पारिवारिक आवश्यकता पूरा हुनेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा समस्या आउन सक्छ । परिवारजनबाट टाढिनुपर्ने अवस्था आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- खर्च बढ्नेछ र शरीरमा आलस्यता बढ्न सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । पठन पाठनमा ध्यान दिन कठिन हुन सक्छ । आलोचना सहनुपर्ने अवस्था आउन सक्छ । खर्च अनुसार उपलब्धि हासिल गर्न गाह्रो पर्न सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्