मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

साताभर सुनमा तीव्र उछाल, प्रतितोला १३ हजार वृद्धि

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं, २० चैत — अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागको दबाबसँगै यस साता नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा सीमित रहेको सुनको मूल्य बढेर हाल २ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यसरी एकै साता सुनको भाउमा प्रतितोला १३ हजार रुपैयाँको वृद्धि भएको देखिएको छ ।

यद्यपि शुक्रवार कारोबार दिनमा भने मूल्य स्थिर रहेको महासंघले जनाएको छ । अघिल्लो दिन बिहिवार पनि यही मूल्यमा कारोबार भएको थियो, जसले बजारमा तत्कालीन उतारचढाव न्यून रहेको संकेत गर्दछ । सुनको मूल्यवृद्धिले लगानीकर्ता तथा उपभोक्ता दुवैलाई प्रभावित पारेको छ ।

यसैबीच चाँदीको मूल्य पनि उकालो लागेको छ। गत शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी यस साता बढेर ४ हजार ८३० रुपैयाँ पुगेको छ, जसले प्रतितोला १६० रुपैयाँको वृद्धि जनाउँछ । पछिल्लो दिन मात्र चाँदीको भाउ ५० रुपैयाँले बढेको थियो ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि र विनिमय दरको प्रभावले नेपाली बजारमा पनि प्रत्यक्ष असर परेको हो। आगामी दिनमा पनि मूल्यमा उतारचढाव जारी रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया