शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ चैत १७ गते मंगलबार  यस्तो छ तपाईको राशिफल

मंगलवार , चैत्र १७, २०८२

आज बिस २०८२ चैत १७ गते मंगलबार ईस २०२६ मार्च ३१ नेपाल सम्बत ११४६ चौलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, गण्ड योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज महावीर जयन्ति परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अनावश्यक विवादमा फस्ने सम्भावना छ, त्यसैले बोल्दा धैर्य अपनाउनु राम्रो हुनेछ । व्यापारमा भने लाभ हुने संकेत छ, तर पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सक्ने योग छ । अनौठो समाचार सुन्न पाइएला । अनावश्यक डर र वादविवादबाट टाढा रहनुहोस्, झगडाको सम्भावना पनि रहन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइनेछ र मन प्रसन्न रहनेछ । सामाजिक कार्यबाट नाम र प्रतिष्ठा बढ्नेछ । दिदी बहिनी वा कुटुम्बको काममा सहयोग गर्नुपर्ने हुन सक्छ । केही द्विविधा रहन सक्ने भएपनि समग्रमा दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट लाभ हुने संकेत छ । पढाइमा प्रगति हुनेछ भने कृषि तथा व्यापारमा पनि नाफा हुनेछ । नजिकका मित्रबाट सहयोग प्राप्त हुनेछ । खुसीको समाचार सुन्न पाइनेछ । चल–अचल सम्पत्तिको कारोबार हुन सक्छ । वैवाहिक जीवन सुखद रहनेछ, यात्राको पनि योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  चुनौतीका बाबजुद नसोचेका कामहरू पूरा हुन सक्छन् । धैर्यपूर्वक काम लिँदा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । अल्झिएका कामहरू सुल्झिनेछन् । अप्रत्याशित लाभका साथै टाढाको यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- स्वास्थ्य प्रति विशेष ध्यान दिनुहोस्, विशेष गरी खानपानमा सावधानी अपनाउनु आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्च नियन्त्रण गर्नु राम्रो हुन्छ । रोग लाग्ने सम्भावना भएकाले सचेत रहनुहोस् । आर्थिक हानि हुन सक्ने भएकाले सतर्कता आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- पढाइमा सफलता मिल्नेछ । ठूला व्यक्तिबाट बुद्धिको प्रशंसा पाइनेछ । नयाँ कामको थालनी हुने सम्भावना छ । रोकिएका कामहरू बन्ने भएकाले आर्थिक पक्ष बलियो हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ र अन्न लाभको योग पनि छ । दिन सुखद रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- अपेक्षा भन्दा बढी लाभ हुने सम्भावना छ । निर्माण तथा व्यवहारिक कार्यमा रुचि बढ्नेछ । आफन्तसँग भेटघाटले खुशी दिनेछ । आयआर्जन राम्रो रहनेछ । पाहुनाको आगमनले मन प्रसन्न रहनेछ । नयाँ कामका लागि परिवारबाट राम्रो सल्लाह प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभको अवसर मिल्नेछ । यात्रा हुन सक्छ । कामहरू सजिलै सम्पन्न हुनेछन् । व्यापारमा सामान्य नाफा हुनेछ । दिन रमाइलो, भ्रमण र मनोरञ्जनमा बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- घरेलु समस्याले सताउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । आर्थिक हानि हुन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धनमाल हराउने वा क्षति हुने सम्भावना भएकाले सजग रहनुहोस् । टाढाको यात्रा नगर्नु नै उचित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  सोचेको धन लाभ हुन सक्छ, तर सानातिना घरेलु समस्यामा अल्झनुपर्ने हुन सक्छ । काममा केही कठिनाइ देखिन सक्छ । आर्थिक लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ । आमाबाट प्राप्त सहयोग वा स्रोतबाट लाभ लिन सकिनेछ । बन्न लागेको काम बिग्रिन सक्ने हुँदा चिन्ता बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आर्थिक अवस्था सन्तोषजनक रहनेछ । रोकिएका कामहरू पूरा हुनेछन् र नयाँ काम सुरु गर्न अनुकूल समय छ । पठन पाठनमा रुचि बढ्नेछ । घरायसी काममा व्यस्तता रहनेछ । आम्दानी अपेक्षा अनुसार हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- पढाइ र व्यापारमा सफलता कायम रहनेछ । साथीभाइसँग भेटघाट हुनेछ । नयाँ कामका योजना बन्नेछन् । काम प्रति उत्साह र जाँगर बढ्नेछ । आर्थिक लाभको योग छ । नयाँ काम सुरु गर्न उपयुक्त दिन छ । समग्रमा दिन अत्यन्त शुभ रहनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया