आजको राशिफल बिस २०८२ चैत १६ गते सोमबार ईस २०२६ मार्च ३० नेपाल सम्बत ११४६ चौलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- नयाँ कामको सुरुवात खासै राम्रो देखिँदैन । कार्य क्षेत्रमा हैरानी बढ्न सक्छ भने व्यापारमा घाटा सहनु पर्ने संकेत छ । मनमा द्विविधा रहन सक्छ । सामाजिक क्षेत्रमा भने नाम रहनेछ, तर जागिरमा सतर्क रहनु उचित हुन्छ । स्वास्थ्य सामान्य रहनेछ र आर्थिक लाभसँगै मान सम्मान प्राप्त हुने सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- चल–अचल सम्पत्तिको कारोबार हुने योग छ । वैवाहिक जीवन सुखद रहनेछ र पाहुनाको आगमन हुन सक्छ । प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ । सहयोग, उपहार तथा यात्राको अवसर मिल्नेछ । गुरुजनको मार्गदर्शन र आफ्नो बुद्धिको प्रयोगले लक्ष्य हासिल गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- दैनिक तथा व्यापारिक कामहरू सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट आम्दानीको सम्भावना छ । परोपकार प्रति रुचि बढ्नेछ । मित्रजनसँग भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । नसोचेका कामहरू पनि पूरा हुने संकेत छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- खर्च र विवाद बढ्ने सम्भावना छ । शत्रुबाट पनि समस्या आउन सक्छ, त्यसैले सतर्क रहनुहोस् । भौतिक साधनमा क्षति हुन सक्ने भएकाले सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । खानपानमा ध्यान दिनु आवश्यक छ । अनावश्यक झमेलाबाट टाढा रहनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ । प्रयास गरेका काम ढिलो भएपनि सफल हुनेछन् । धन तथा मान सम्मानमा वृद्धि हुने सम्भावना छ । महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुन सक्छ । सहयोगीहरूको साथले कठिनाइ पार गर्न सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- धन लाभको योग छ । नयाँ साथीहरूसँग परिचय र रमाइलो यात्राको सम्भावना छ । काममा सफलता मिल्नेछ र पुराना कामहरू पूरा हुनेछन् । आम्दानी बढ्नेछ र रोकिएको पैसा प्राप्त हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- नयाँ काम र आम्दानीको अवसर मिल्नेछ, विशेष गरी कृषि क्षेत्रमा लाभ हुनेछ । तर आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा हुन सक्छ । लेनदेनमा सावधानी अपनाउनुहोस् । पाहुनाको आगमन र धन लाभको योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । प्रेम सम्बन्धमा धोका हुने सम्भावना छ । साना काममै समय बित्नेछ र सहयोग पाएपनि काम पूरा गर्न कठिनाइ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- सहयोगको आशा देखाउने व्यक्तिबाट धोका हुन सक्छ, त्यसैले सजग रहनुहोस् । मनमा द्विविधा रहनेछ । काममा सफलता र उन्नतिको अवसर मिल्ने संकेत भएपनि स्वास्थ्यमा कमजोरी देखिन सक्छ । आहार विहारमा ध्यान दिनु आवश्यक छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आम्दानी खर्चभन्दा बढी हुनेछ । धन आर्जनका नयाँ अवसरहरू खुल्नेछन् । वैदेशिक क्षेत्रमा लगानी लाभदायक हुनेछ । परिवारका इच्छाहरू पूरा गर्न सकिनेछ । अध्ययनमा सफलता र धार्मिक कार्यमा रुचि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । विपरीत लिङ्गीको सहयोग प्राप्त हुनेछ । आम्दानीका अवसरहरू बढ्नेछन् र पारिवारिक सुख प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- वादविवादको सामना गर्नुपर्नेछ । पेशागत रूपमा समस्या देखिन सक्छ । परिवारमा मनमुटाव बढ्न सक्छ । प्रयास गरेपनि अपेक्षित सफलता नआउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने भएकाले सावधान रहनुहोस् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्