शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ चैत १५ गते आइतबार  यस्तो छ तपाईको राशिफल

आइतवार , चैत्र १५, २०८२

आजको राशिफल बिस २०८२ चैत १५ गते आइतबार ईस २०२६ मार्च २९ नेपाल सम्बत ११४६ चौलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराएपनि प्रयास गर्दा सहयोगी मार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोस् । समयमा सजग नभए शुभचिन्तकहरू पनि टाढा हुन सक्छन् । मेहनत गर्दा विस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयास गर्दा पशुधन र जमिनबाट सामान्य लाभ लिन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- विछोडिएका आफन्तसँग भेटघाट हुनेछ र स्वादिष्ट भोजनमा रमाउने अवसर मिल्नेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्‍याउनेहरू पनि प्रशस्तै हुनेछन् । फजुल खर्च बढ्ने सम्भावना छ । तर मेहनतले विशेष उपलब्धि र मान सम्मान प्राप्त हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- स्वास्थ्यमा केही कमजोरी महसुस हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल भएपनि हिम्मतका साथ काम गर्दा आकस्मिक समस्या समाधान गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  कामका क्रममा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । काम पूर्ण नभएपनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने काम गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्न सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- विगतका सफलताले थप काम गर्न हौसला दिनेछ । प्रेरणादायी व्यक्तिहरूले रचनात्मक कार्यमा अग्रसर गराउनेछन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रो फाइदा हुनेछ । चिताएको काम पूरा हुँदा प्रसन्नता मिल्नेछ । केही अवरोध आउन सक्छन् । सन्तान, अनुयायी वा मातृशक्तिको सल्लाह सहयोग लाभदायी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ कामको प्रस्ताव आउनेछ भने पुराना कमजोरी सुधार गर्ने अवसर पनि मिल्नेछ । राम्रो धन आर्जन हुने समय छ । कामको चाप कम भई विश्रामको अवसर मिल्नेछ । परिवारको साथले उत्साह बढाउनेछ । तर सहयोगीहरू पछि हट्न सक्छन् र प्रतिस्पर्धीहरूले सताउन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आशा छाडेको काम पूरा हुँदा उत्साह बढ्नेछ । उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका काममा समय खर्चिनुपर्ने हुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था आउन सक्छ । जिम्मेवारी प्राप्त भएपनि तत्काल फाइदा नहुन सक्छ । खानपानमा असावधानीले स्वास्थ्य कमजोर हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । अरूमा भर पर्दा धोका हुन सक्छ । मेहनतको फल भने प्राप्त हुनेछ । परिवारका आवश्यकता पूरा हुनेछन् । दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- खर्च लागेपनि टाढाको यात्राको प्रक्रिया अघि बढ्न सक्छ । दीर्घकालीन फाइदाका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन राम्रो रहनेछ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । तर अरूमा मात्र भर पर्दा आफ्ना महत्वाकांक्षा पूरा नहुन सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  राम्रो धन तथा भौतिक लाभ हुने समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । व्यापार र साझेदारीमा फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ र दाम्पत्य जीवन सुखद रहनेछ । रमाइलो यात्राको अवसर मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- वादविवादमा पर्ने सम्भावना भएकाले सोच विचार गरेर मात्र बोल्नुहोस् । आँटको कमीले योजना कार्यान्वयनमा समस्या आउन सक्छ । छिमेकीसँग असमझदारी बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् । आर्थिक अभावले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । कठिन परिस्थितिमा पनि बुद्धि प्रयोग गर्दा लक्ष्य हासिल गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- चुनौतीहरू पार गर्दै रोकिएका काम पूरा गर्न सकिनेछ । फाइदाको खोजीमा साथीभाइ टाढिन सक्छन् । कामका क्रममा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नैबाट धोका हुन सक्छ । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । पुराना समस्या दोहोरिन सक्छन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया