शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ चैत १४ गते शनिबार  यस्तो छ तपाईको राशिफल

शनिवार , चैत्र १४, २०८२

आजको राशिफल बिस २०८२ चैत १४ गते शनिबार ईस २०२६ मार्च २८ नेपाल सम्बत ११४६ चौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज विश्व नेवाः दिवस मनाइदै छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । आम्दानी बढ्नेछ र विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने अवसर प्राप्त हुन सक्छ । चुनौतीहरू हटाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाने सम्भावना छ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य कमजोर हुने र उपचारमा खर्च लाग्ने सम्भावना छ । मुख्य काममा बाधा आउँदा मन खिन्न हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले खुशी बढ्नेछ । धेरैले कामको तारिफ गर्नेछन् । अन्नको पनि लाभ हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- मान सम्मान बढ्नेछ र बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ काममा सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन कठिनाई हुन सक्छ । हुलमुलमा धनमाल हराउन सक्ने भएकाले सचेत रहनुहोस् । टाढाको यात्राको पनि सम्भावना छ । कामको चाप र थकाइबाट मुक्त भएर विश्राम पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आज मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटेपनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर हुँदा चिताएको काम गर्न नसकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । साना घरेलु काममै अल्झनुपर्दा मन खिन्न हुन सक्छ । सवारीमा सावधानी अपनाउनुहोस् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदा हुने योग छ । विगतको श्रमबाट धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  नयाँ काममा हात हाल्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाभ लिन सकिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने प्रयास गर्न सक्छन् । विशेष योजना गोप्य राख्नुहोस् । लगनशीलताले कीर्तिमानी उपलब्धि दिलाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नुहोस् । काम स्थगित हुँदा मन खिन्न हुन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया