शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ चैत १३ गते शुक्रबार  यस्तो छ तपाईको राशिफल

शुक्रवार , चैत्र १३, २०८२

आजको राशिफल बिस २०८२ चैत १३ गते शुक्रबार ईस २०२६ मार्च २७ नेपाल सम्बत ११४६ चौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ ।  आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज चैत्र दशैँको नवमी परेको छ भने विश्व रङ्गमञ्च दिवस मनाइदै छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान प्रतिष्ठा र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला ल्याउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । स्वास्थ्यमा कमजोरी र काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा धन नाश हुने सम्भावना छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले साथ नदिँदा केही समस्या थपिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपर्ला । नयाँ काम सुरु गर्ने समय आएको छ । विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याउन सक्छ, तर मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । चिताएका कामहरू बिस्तारै भएपनि सम्पन्न हुनेछन् । मिठो बोलीले धेरैलाई प्रभावित बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर मिल्न सक्छ । अवसरलाई समयमै नपछ्याउँदा हातबाट फुत्किन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथी टाढिन सक्छन् भने टाढाका साथीहरूसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । व्यवसायमा आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । ईर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको सम्झनाले सताउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- भौतिक साधन जुट्नेछ र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रो हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको भर पर्ने बानीले धोका हुन सक्छ । सरल जीवनशैलीले सबैको मन जित्न सकिन्छ । स्वास्थ्य कमजोर हुँदा काममा ढिलाइ हुनेछ र अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर छ । प्रतिष्ठित काम गरेर प्रशंसा पाइनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका मिल्नेछ । भूमि तथा कृषिबाट फाइदा हुनेछ । सामाजिक कार्यले सम्मान दिलाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । अघिल्लो उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । भौतिक साधन जुट्नेछ र दिगो फाइदाको काम सुरु हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा मात्र भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव हुन सक्छ । केही अवसर जुटेपनि परिस्थिति संघर्षमय रहन सक्छ । कामको बोझ बढ्न सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उचित हुनेछ । परिवारको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमान कायम गर्न सकिन्छ । मान सम्मान प्राप्त हुनेछ । आज आफूलाई केही कमजोर भएको अनुभूति हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- कामबाट केही फुर्सद पाइनेछ र अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयास गर्दा घरेलु काममा फाइदा पुग्नेछ। रोकिएका कामहरू दोहोर्याएर प्रयास गर्नु राम्रो हुनेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । यात्राको योग रहेको छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया