शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ चैत १२ गते बिहिबार यस्तो छ तपाईको राशिफल

बिहिवार , चैत्र १२, २०८२

आजको राशिफल बिस २०८२ चैत १२ गते विहिबार ईस २०२६ मार्च २६ नेपाल सम्बत ११४६ चौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शोभन योग, ब्व करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज चैत्र दशैँको अष्टमी परेको छ भने काठमाडौँ उपत्यकामा आज सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुदैछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- शरिरमा उत्साह र उमङ्ग रहनेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित हुनेछ । तर, आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-  सामाजिक क्षेत्रमा नेतृत्व हात लाग्नेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउन सक्छ, अध्ययनमा ध्यान दिन गाह्रो हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :-आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पन्न हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायमा फाइदा हुनेछ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- टाढाको वा दुर्गम स्थानतर्फ यात्रा सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखार आउनेछ । आफन्तसँग दूरी बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमजोरी सुधार गर्ने अवसर पाइनेछ । आम्दानीमा बाधा पुर्‍याउनेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइने र अपेक्षाभन्दा कम फाइदा हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- कल्पना र भावनामा केन्द्रित हुने समय छ । बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले वाणीमा संयम राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ, तर बचत हुन गाह्रो हुन सक्छ । ऋण वा सर सापटमा खर्च बढ्ने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । विविध लाभ प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्ने र दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- पशुपालन तथा कृषिबाट राम्रो लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप हौसला दिनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । समाजहितका कामको थालनी गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक व्यक्तिहरूलाई आकर्षित गर्ने काम सम्पन्न हुनेछ । काममा आलस्य आउने र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि लाभ लिन गाह्रो हुन सक्छ । ठूलो प्रयासपछि सामान्य फाइदा प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- जटिल काम सम्पन्न हुँदा पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष लाभ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र सोचेका काम सम्पन्न हुनेछन् । विगतका कमजोरी सुधार गर्ने अवसर पाइनेछ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने भएकाले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर देखिन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  ठूला बडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । आकर्षक पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ काम गर्ने अवसर मिल्नेछ । रमाइलो जमघटमा सहभागी हुने मौका मिल्नेछ । गरेका कामबाट अरूलाई पनि फाइदा पुग्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया