शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज  २०८२ चैत १० गते मंगलबार  यस्तो छ तपाईको राशिफल

मंगलवार , चैत्र १०, २०८२

आज बिस २०८२ चैत १० गते मंगलबार ईस २०२६ मार्च २४ नेपाल सम्बत ११४६ चौलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, प्रीति योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ ।आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज विश्व क्षयरोग दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अस्वस्थताका कारण राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने संकेत छ । आमाको स्वास्थ्य कमजोर हुन सक्ने भएकाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरी हुने वा ठगीमा पर्ने योग देखिन्छ । आँखा सम्बन्धी समस्याले सताउन सक्छ । विशेष अवसर प्राप्त भएपनि ईर्ष्यालु व्यक्तिहरूले दुःख दिन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-  दाजुभाइ तथा दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । समाजले अस्वीकार गरेका वा खराब आचरण भएका व्यक्तिहरूसँग नजिकिनुपर्ने परिस्थिति आउन सक्छ । आम्दानीभन्दा खर्च बढी हुने समय छ । लामो समयदेखि गरिएको लगानीबाट अपेक्षित प्रतिफल कम मिल्नेछ । तर आज ठूला व्यक्तिहरूबाट मान सम्मान प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आर्थिक समस्या समाधान हुने संकेत छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रहरूसँग वैरभाव बढ्न सक्छ, तर व्यापारबाट फाइदा हुनेछ । विगतका कमजोरी सच्याउने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  विभिन्न अवसरहरू प्राप्त हुनेछन् । मुद्दा मामिला वा झमेलाबाट केही समयका लागि मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ । पढाइमा मन नलाग्ने देखिन्छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपन बढ्ने र काम नबन्ने डर रहन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, जस्तै ज्वरो, टाउको दुखाइ वा आँखाको समस्या । जिम्मेवारीका काम समयमा पूरा गर्न कठिन हुन सक्छ । सोचे अनुसार काम नबन्नाले दुःख पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- घर खर्च बढ्नेछ र व्यापारमा मन्दी आउन सक्छ । तर लामो समयदेखि रोकिएका काम पूरा गर्न सकिनेछ । आफ्ना कमजोरी प्रति आफन्तबाट टिप्पणी आउन सक्छ । अवसर गुम्ने सम्भावना भएकाले सावधानी पूर्वक काम गर्नुहोला । उपहारका नाममा काम नलाग्ने वस्तु प्राप्त हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- प्रयास गरेमा कठिन काम पनि सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नेछ र धन लाभ हुने सम्भावना छ । आफ्नो समूहको नेतृत्व गर्दै प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । कीर्तिमानी कार्य सम्पन्न गर्न सकिनेछ । नयाँ काम सुरु गर्ने उपयुक्त समय हो । मान प्रतिष्ठा र ज्ञान प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  बहुमूल्य धातु संकलन गर्ने अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र शत्रुहरू परास्त हुनेछन् । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ । साथीभाइबाट फाइदा लिन सकिनेछ । उच्च महत्वाकांक्षाका कारण सोचेका काम पूरा हुनेछन् । खर्च बढेपनि उद्देश्य पूरा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- राजनीतिक पहुँच बढ्नेछ । तर भूमि सम्बन्धी वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् । खर्च बढ्ने र आर्थिक अभावको अनुभव हुन सक्छ । विपरीत लिंगी वा हितैषी मित्रहरूको साथ मिल्नेछ । कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्छ । खराब संगतले मान सम्मानमा असर पार्न सक्छ । उच्च पदस्थ वा राजनीतिक व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । खानपानमा विशेष ध्यान दिनुहोस् । अवसर पाए पनि अरूमा निर्भर रहने बानीले काम बिग्रन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- व्यवसाय र उद्योगमा राम्रो फाइदा हुनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ । लुगा, भोजन र उपहार प्राप्त हुने सम्भावना छ । कृषि र पशुपालनबाट लाभ हुनेछ । सरल जीवनशैलीले अरूको मन आकर्षित गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- भूमिबाट लाभ प्राप्त हुनेछ । साथीभाइ र आफन्तको सहयोगले कठिन काम पनि सजिलै सम्पन्न हुनेछन् । विपरीत लिंगीबाट लाभ हुने सम्भावना छ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । दाम्पत्य जीवन सुखद हुनेछ । रोकिएका काम पुनः प्रयास गर्दा सफलता मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया