शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको मौसम पूर्वानुमान

यस्तो छ आज शुक्रवारको मौसम पूर्वानुमान

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौँ ०६ चैत -  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा र बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी   प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली र  सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू र बाँकी प्रदेशका केहीस्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना  सहित मध्यम  वर्षा/हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया