शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज  २०८२ फागुन २० गते बुधबार यस्तो छ तपाईको राशिफल

बुधवार , फाल्गुण २०, २०८२

आज बिस २०८२ फागुन २० गते बुधबार ईस २०२६ मार्च ४ नेपाल सम्बत ११४६ चिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, धृति योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  आज अनावश्यक विवादमा पर्ने सम्भावना छ, त्यसैले संयम अपनाउनुहोस् । यात्रा गर्दा विशेष सावधानी आवश्यक छ । आर्थिक लेनदेनमा समस्या आउन सक्छ । व्यापारमा सामान्यभन्दा कम लाभ हुन सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय खर्चिनु पर्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- सामाजिक प्रतिष्ठा र मान सम्मानमा वृद्धि हुनेछ । साथी भाइबाट प्रशंसा पाइनेछ । अध्ययनमा सुधार आउने योग छ । जागिरमा जिम्मेवारी बढेपनि सम्मान प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा सचेत रहनु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- रोकिएका काम सम्पन्न हुने संकेत छ । नयाँ अवसर प्राप्त हुन सक्छ । आम्दानीका स्रोत बढ्ने सम्भावना छ । उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ । आकस्मिक निम्तो वा भेटघाटले दिन रमाइलो बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  व्यवसायमा प्रगति देखिनेछ । आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । लगानीका विषयमा सोच विचार गरेर अघि बढ्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  दैनिक कार्यमा सतर्कता आवश्यक छ । सानो गल्तीले विवाद निम्त्याउन सक्छ । खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान दिनुहोस् । स्वास्थ्य प्रति बेवास्ता नगर्नु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ अवसरले उत्साह बढाउनेछ । शैक्षिक र व्यवसायिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ । आर्थिक लाभका संकेत छन् । परिवार र साथी भाइको सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- परिश्रमको उचित फल पाइनेछ । व्यापारमा सुधार आउनेछ । सामाजिक सम्बन्ध सुदृढ हुनेछन् । धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्न सक्छ । अप्रत्याशित शुभ समाचार प्राप्त हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-   छोटो दूरीको यात्रा लाभदायक रहला । अध्ययन र सिर्जनात्मक काममा ध्यान केन्द्रित गर्न सकिनेछ । परिवारको सल्लाहले महत्वपूर्ण निर्णयमा सहयोग पुर्‍याउनेछ । दिन सामान्य तर सन्तोषजनक रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- हतारमा निर्णय नगर्नु उत्तम हुनेछ । आर्थिक विषयमा सावधानी अपनाउनुहोस् । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । धैर्य र सोच विचारले समस्या समाधान गर्न सहयोग गर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  दीर्घकालीन योजना अघि बढाउन केही अवरोध आउन सक्छ । कार्य क्षेत्रमा व्यस्तता रहनेछ । पेशागत क्षेत्रमा सम्मान मिल्ने संकेत छन् । समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सोच्ने क्षमता र आत्मविश्वासमा वृद्धि हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । आर्थिक पक्ष सन्तुलित रहनेछ । दाम्पत्य र प्रेम सम्बन्धमा मधुरता आउनेछ । रोकिएका काम अघि बढ्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  परिश्रम अनुसार उपलब्धि हात पर्नेछ । व्यापार र पेशाबाट लाभ हुने सम्भावना छ । धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुँदा सन्तोष मिल्नेछ । साथी भाइको सहयोग प्राप्त हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया