आज बिस २०८२ फागुन १७ गते आइतबार ईस २०२६ मार्च १ नेपाल सम्बत ११४६ चिल्लाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज विश्व शून्य भेदभाव दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- परिस्थिति चुनौतीपूर्ण देखिए पनि निरन्तर प्रयासले सहयोगीहरूबाट फाइदा लिन सकिनेछ । गोपनीयता कायम राख्नु आवश्यक छ । समयमै सचेत नबन्दा शुभचिन्तक टाढिन सक्छन् । मेहनतको फल ढिलो भएपनि अवश्य प्राप्त हुनेछ, तर काम बिग्रने चिन्ताले सताउन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- टाढिएका आफन्तसँग पुनः भेटघाट हुने सम्भावना छ । रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । अधिकारका विषयमा केही संघर्ष गर्नुपर्ला । अवरोधहरू आएपनि परिश्रमले उपलब्धि र सम्मान दिलाउनेछ । खर्चमा संयमता अपनाउनु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । बाध्यतापूर्ण काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । सहयोगको आशा गरेका व्यक्तिबाट निराशा मिल्न सक्छ, तर धैर्य र साहसले समस्या समाधान गर्न सकिनेछ । अप्रत्याशित रूपमा रोकिएको काम बन्नाले उत्साह थपिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णयले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । काम पूर्ण नभए पनि केही लाभ हुनेछ । सामाजिक जिम्मेवारी वहन गर्दा भविष्यमा फाइदा हुने अवसर मिल्नेछ । खर्च बढ्ने सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- विगतका सफलताले नयाँ कार्यका लागि प्रेरणा दिनेछ । रचनात्मक क्षेत्रमा सक्रियता बढ्नेछ । आयआर्जनका स्रोत विस्तार हुने संकेत छ । सन्तान, अनुयायी वा मातृपक्षको साथ र सल्लाह लाभदायक हुनेछ । सानो अवरोध आएपनि परिणाम सकारात्मक रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ प्रस्ताव प्राप्त हुने सम्भावना छ र पुराना कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । आर्थिक लाभको योग छ । कामको चाप कम भई विश्राम मिल्नेछ । परिवारको साथले हौसला बढाउनेछ । योजना गोप्य राख्दा राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- रोकिएको काम सम्पन्न भई आत्मविश्वास बढ्नेछ । उपलब्धिको नयाँ स्रोत पहिचान गर्न सकिनेछ । अरूका काममा समय दिनुपरेपनि अनुभव बढ्नेछ । जोखिमपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । खानपानमा सावधानी अपनाउनु आवश्यक छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै प्रयासमा जोड दिनुहोला । परिवारको आवश्यकतामा ध्यान दिने समय छ । दीर्घकालीन लाभ हुने क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शुभचिन्तकको सुझाव सुनेर अघि बढ्दा राम्रो परिणाम आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- टाढाको यात्राको तयारी हुन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । आम्दानी सन्तोषजनक रहनेछ, तर आफ्ना लक्ष्य पूरा गर्न आत्मनिर्भरता आवश्यक हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आर्थिक तथा भौतिक लाभको समय छ । कामको उचित मूल्यांकन हुनेछ । व्यापार र साझेदारीमा सफलता मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्नेछ । लगनशीलताले प्रतिष्ठित कार्यमा अवसर दिलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- अनावश्यक वादविवादबाट टाढा रहनु उपयुक्त हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । छिमेकी वा नजिकका व्यक्तिसँग असमझदारी बढ्न सक्ने भएकाले संयमता अपनाउनु आवश्यक छ । बुद्धिमानी निर्णयले लक्ष्यतर्फ अघि बढ्न सहयोग गर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- चुनौतीहरू सामना गर्दै रोकिएका काम पूरा गर्न सकिनेछ । प्रतिस्पर्धी वातावरणमा आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ । साथीभाइसँग दूरी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले विश्वास कायम राख्न सकिनेछ । पुराना समस्याले सताए पनि धैर्यले समाधान सम्भव हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्