शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

महान् जनयुद्धको संझना र सहिद सप्ताह

शनिवार , फाल्गुण १६, २०८२


जनयुद्ध कसका लागि हो ? सबैका लागि त प्रजातन्त्र पनि थिएन । भएन पनि !  प्रजातन्त्र दिवस पनि कसैका लागि उपलब्धि हो र कसैका लागि धोका हो । सहिद सप्ताहको आज तेश्रो दिन ! सबै सहिदहरूप्रति संझना, हार्दिक श्रद्धा, सम्मान र सलाम छ । जनयुद्धले मात्र देश र जनताको हित र रक्षा गरेको छ ।

प्रजातन्त्रमा सामन्त र ठालुले पनि महाराजहरूसँग मिलेर सत्ता भोग गर्न पाउने भएपछि उनीहरूका लागि महान् उपलब्धि भयो । त्यो नेपाली क्रान्तिको मुख्य आधार कृषिक्रान्ति ठान्ने कम्युनिस्टका लागि धोका थियो । राणाका लागि लुटको स्वर्ग खोसिंदा धोका भयो र शाहाहरूका लागि त्यो पुनः प्राप्तहुँदा उपलब्धि भयो । परिणामतः राणा, शाहा र कांग्रेस सुरक्षित भए तर कृषिक्रान्तिमार्फत मुक्ति खोज्ने कम्युनिस्ट प्रतिबन्धित भए र “कि जोत हलो, कि छोड थलो“ भन्ने भिमदत्तहरू मारिए ।

के प्रजातन्त्र सबैका लागि भयो त ?

कम्युनिस्ट पार्टी उतारचढाव व्यहोर्दै कृषि संघर्षका कार्यक्रमहरू गर्दै अघि बड्यो । ००९ रुकुमका कामीसिं बुढाहरू प्रजातन्त्र शाहाहरूमार्फत हाईज्याक भएपछि र कम्युनिस्ट प्रतिबन्धित भएपछि सशस्त्र संघर्षमा उत्रिंदा मारिए । शाहाहरू झन् फासिस्ट बनेपछि कम्युनिस्ट– कांग्रेस ००७ सालअघिकै पोजिसनमा आईपुगे । बैगुनी सामन्तवादी शाहाहरूले जनहत्याका श्रृङ्खलाहरू चलाए, सैयौंलाई मारेर निरंकुश र निर्दलीय अत्याचारि शासन चलाए ।

०४६ को सिमित उपलब्धि संविधानमाथिका श्री ५ को सरकारको रुपमा प्राप्त भएपनि उपलब्धि खोसेर ज्ञानेन्द्रले फेरि पनि ००७ साल अघिकै सामन्तवादी, निरंकुश, निर्दलीय वंशशासनकै युगमा पुर्यायो ।

जनयुद्धको जगमा उठेको आन्दोलनपछि मात्र हजारौं सहिद तथा बेपत्ता, लाखौं घाईते तथा अपाङ्ग र जेलनेल भगाईपछि इतिहासको त्यो ऐंजेरु शाहा वंशलाई नागार्जुन जङ्गलमा लगेर दफानाईयो । अहिले पनि चिहानबाट उठेर देश र जनतालाई त्यो वंशले सताईरहेको छ र वंश शासनका लागि देशी प्रतिक्रियावादी र विदेशी दुष्टहरू साथ लिएर सताइरहेको छ ।

जनयुद्ध चाहिँ सर्वहारावादी माओवादी पार्टीको नेतृत्त्वमा गरिब–दुःखी, शोषित, उत्पिडित वर्ग र समुदायले गरेका हुन् । उक्त समुदाय प्रतिक्रियावादी राज्यलाई परास्थ गर्दै आआफ्नो हित र रक्षाको ग्यारेन्टी गर्ने संविधान लेख्न आइपुग्यो । संवैधानिक अधिकारहरू कानुनद्वारा लागू हुने हो । कानुन बनाउने चरणमा आइपुग्दा सबैखाले प्रतिक्रियावादी वर्ग र शक्तिहरू मिलेर देश नै जलाउन पुगे तथा नागरिकहरूलाई राज्यबिहीन अवस्थामा पुर्याए । आखिर नेपाली जनतालाई सामन्तवादी निरंकुश शासन व्यवस्थाको चङ्गुलबाट मुक्त गराउने यिनै गरिब–दुःखी, शोषित–उत्पिडित वर्ग र समुदाय नै हुन्, आजकल शक्तिहीन बनाएर संविधानतः प्राप्त गरेका हक र अधिकार व्यवहारतः नपाउने स्थितिमा पुर्याएका छन् । फेरि पनि यही वर्ग र समुदायको पहल वा कठोर संघर्षबिना बिना उक्त हक अधिकार प्राप्त हुने र देशको रुप र आकार फेरिने छैन र नेपाली जनताको हित र रक्षा हुनेछैन ।
 
बहुलवादी बिचार बोक्ने संसदवादीहरू सारमा वर्तमानका बिकारयुक्त विदेशी इसारामा चल्ने झिल्के झारपात र पतिङ्गरहरू जस्तै हुन् । यो फोहोरको थुप्रो पहाड हो भन्ने भ्रममा कोही नपरौं ।

प्रतिक्रिया