शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज  २०८२ फागुन  १६ गते शनिबार यस्तो छ तपाईको राशिफल

शनिवार , फाल्गुण १६, २०८२

आज बिस २०८२ फागुन १६ गते शनिबार ईस २०२६ फेब्रुअरी २८ नेपाल सम्बत ११४६ चिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल द्वादशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वशु नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  रचनात्मक कार्य सुरु गर्न अनुकूल समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । आम्दानीका नयाँ अवसर खुल्नेछन् र भौतिक सुविधा बढ्नेछन् । प्रयास गरेका कामको उचित मूल्यांकन हुनेछ र व्यापारिक क्षेत्र पनि लाभदायी देखिन्छ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आज खर्च भएपनि दीर्घकालीन फाइदा दिने काम हात लाग्न सक्छ । चुनौतीहरू पार गर्दै रोकिएका योजना अघि बढ्नेछन् । आतिथ्यपूर्ण व्यवहार र सम्मान प्राप्त हुनेछ । मेहनतले राम्रो उपलब्धि दिलाउनेछ र जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ । तर असावधानीले श्रम खेर जान सक्ने भएकाले सजग रहनु आवश्यक छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- प्रयासले टाढाको यात्रा सम्भव देखिन्छ । व्यवसायमा लगानी विस्तार गर्ने सोच बन्न सक्छ । स्वास्थ्य प्रति सचेत रहनु जरुरी छ, विशेष गरी खानपानमा । पुराना समस्या दोहोरिन सक्ने संकेत छन् र उपचारमा खर्च बढ्न सक्छ । मुख्य कार्यमा अवरोध आउँदा मन निराश हुन सक्छ, तर धैर्यले केही उपलब्धि दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  विगतका सफलताले आत्मविश्वास बढाउनेछ । नयाँ अवसर र प्रस्ताव प्राप्त हुने सम्भावना छ । टाढिएका साथीभाइसँग पुनः भेटघाट हुँदा खुसी मिल्नेछ । धेरैले तपाईंको कामको प्रशंसा गर्नेछन् । सहयोग, उपहार तथा आर्थिक लाभका संकेत छन्, जसले दिनलाई फलदायी बनाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  मान सम्मान वृद्धि हुनेछ । प्रभावशाली बोली र विचारले अरूलाई आकर्षित गर्ने समय छ । पहिले असम्भव जस्तो लागेको काम सम्पन्न हुन सक्छ । भाग्यले अप्रत्याशित लाभ दिलाउन सक्छ । आफ्नो क्षेत्रमा नेतृत्व स्थापित गर्ने अवसर मिल्नेछ । प्रतिष्ठा र उपलब्धि हासिल गर्ने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ कार्यमा सम्झौता गर्नुपर्ने अवस्था आएपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ । लामो यात्राको सम्भावना देखिन्छ । अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ । भीडभाडमा धनमालको सुरक्षामा ध्यान दिनुहोस् । कामको चाप घट्दै विश्रामको अवसर मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आर्थिक पक्ष सुदृढ हुने संकेत छन् । परिवारजनसँग भेटघाटले मन प्रफुल्लित हुनेछ । विगतका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । सामाजिक वा सामुदायिक कार्यमा योगदान दिन सकिनेछ । तर धेरै आश्वासन दिने बानीले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ, सजग रहनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  दाम्पत्य सम्बन्धमा सामान्य मतभेद देखिन सक्छ । नजिकका व्यक्तिसँग दूरी बढे पनि नयाँ सम्बन्ध विस्तार हुनेछ । घरेलु कार्यमा व्यस्त रहँदा मन अलि खिन्न हुन सक्छ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । आर्थिक लेनदेनमा स्पष्टता आवश्यक छ, नत्र विवाद आउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- सहयोगीहरूको साथले महत्वपूर्ण काम सहजै पूरा हुनेछन् । विगतको प्रयासबाट लाभ प्राप्त हुनेछ । सामाजिक दायरा विस्तार हुनेछ र विशिष्ट व्यक्तिसँग चिनजान बढ्नेछ । प्रतिष्ठा र सम्मान बढ्ने संकेत छन् । सिर्जनात्मक तथा साहित्यिक क्षेत्रमा रुचि जाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ कामबाट आम्दानीका स्रोत विस्तार हुनेछन् । परिश्रमको राम्रो प्रतिफल पाइनेछ । प्रियजनसँगको समयले दिन रमाइलो बनाउनेछ । नयाँ सीप वा ज्ञान आर्जन गर्ने अवसर छ । व्यवसायिक क्षेत्र लाभदायी रहनेछ र सामाजिक जिम्मेवारी पनि बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  व्यापारिक क्षेत्र लाभदायी रहनेछ, यद्यपि कृषि वा पशुपालनमा अपेक्षाकृत कम फाइदा देखिन्छ । पितृसम्पत्तिको सदुपयोगले उपलब्धि दिलाउन सक्छ । गोपनीय योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ । निरन्तर प्रयासले विशेष उपलब्धि दिलाउन सक्छ । अनावश्यक अलमलबाट जोगिनु बुद्धिमानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  रोकिएका कार्य सम्पन्न हुने सम्भावना छ । अध्ययन तथा ज्ञान आर्जनमा प्रगति हुनेछ । विशेष कार्यक्रम वा सभामा सहभागी बन्ने अवसर मिल्न सक्छ । अरूको आश्वासनमा भर नपरी आफ्नै निर्णयमा अघि बढ्नु उचित हुनेछ । नयाँ काम सुरु गर्नु अघि सोच विचार गर्नु आवश्यक छ । केही योजना ढिलाइ हुँदा मन अलि असन्तुष्ट हुन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया