शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज बिहीवारको मौसम पूर्वानुमान

बिहिवार , फाल्गुण १४, २०८२


काठमाडौँ १४ फागुन - जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी  तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने। कोशी,  गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

प्रतिक्रिया