शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफ

आज  २०८२ फागुन   १४ गते बिहिबार यस्तो छ तपाईको राशिफल

बिहिवार , फाल्गुण १४, २०८२

आज बिस २०८२ फागुन १४ गते बिहिवार ईस २०२६ फेब्रुअरी २६ नेपाल सम्बत ११४६ चिल्लाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल दशमी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, प्रीति योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  शरिरमा उत्साह र उमङ्ग वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा लाभको योग छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । नचिताएको ठाउँबाट धन आर्जन हुँदा मन प्रसन्न हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-सामाजिक क्षेत्रमा नेतृत्व हात लाग्नेछ । कामले धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउन सक्छ । पठन पाठनमा समय दिन कठिन हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :-आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्षेत्रमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर लाभ लिन सकिनेछ । कीर्तिमानी कार्य सम्पन्न हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म तथा व्यवसायमा लाभ हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  दुर्गम स्थान वा टाढाको यात्रा सम्भव छ, तर अनावश्यक यात्रा नगर्नु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कला निखार्ने अवसर मिल्नेछ । आफन्तबाट केही टाढिनु पर्ने अवस्था आउन सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने सम्भावना छ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ । आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइने सम्भावना छ । सोचेभन्दा कम लाभ हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- कल्पना र भावनामा केन्द्रित भइनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले वाणी नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्त भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ, तर आजको लाभ सञ्चय हुन नसक्ने सम्भावना छ । सर सापटमा धन खर्च हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । नयाँ ज्ञान हासिल गर्ने योग छ । विविध लाभ प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछन् र दिगो फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुन सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप हौसला जगाउनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम प्रारम्भ गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने कार्य सम्पन्न हुनेछ । काममा आलस्य आउन सक्छ र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि त्यसको पूर्ण लाभ उठाउन नसकिने सम्भावना छ । ठूलो प्रयासपछि सामान्य लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  जटिल काम सम्पन्न हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । चिताएको काम सम्पन्न हुनेछ । पुराना कमजोरी सुधार्ने अवसर पाइनेछ । आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित हुन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-   ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ अवसर मिल्नेछ । रमाइलो जमघटको अवसर प्राप्त हुनेछ । गरेका कामबाट धेरैलाई लाभ पुग्नेछ । सामाजिक कार्य प्रति रुचि बढ्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया