शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज  २०८२ फागुन १३ गते बुधबार यस्तो छ तपाईको राशिफल

बुधवार , फाल्गुण १३, २०८२

आज बिस २०८२ फागुन १३ गते बुधबार ईस २०२६ फेब्रुअरी २५ नेपाल सम्बत ११४६ चिल्लाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल नवमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, विश्कुम्भ योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  साथी भाइले काममा सहयोग जुटाउन सक्छन् । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुपालन र कृषिबाट सोचेअनुसार लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-स्वास्थ्यमा कमजोरी तथा काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुन सक्छ । मुख्य काममा बाधा देखिन्छ । सानातिना घरेलु काममै अल्झिनुपर्दा मन अशान्त रहला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । समय मध्यम छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :-नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीहरूसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले केही काम रोकिन सक्छ । समस्या प्रति गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तर सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- काम र पदको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, त्यसैले सावधान रहनुहोला । दिगो आम्दानी हुने काम सुरु हुन सक्छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्न सक्छ । नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ र आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाउन सकिने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- केही अवसर जुटेपनि परिस्थिति संघर्षमय रहन सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला । लेनदेनको विवादले समस्या निम्त्याउन सक्छ । पुरानो रोगले सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिनेहरूबाट सतर्क रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर मिल्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान पाइने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै परास्त गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउन मद्दत गर्नेछ । पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूको भर पर्दा सबै काम सफल नहुन सक्छन्, तर आर्थिक लाभ हुने संकेत छ । कृषि र पशुपालन क्षेत्रमा केही समस्या देखिए पनि धन आर्जनको अवसर छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा पर्ने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पन्न गर्न कठिन हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छर छिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । रुपैयाँ पैसा हराउने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  आफ्नै कमजोरीले ढिलासुस्ती हुन सक्छ । परिवारजनसँग असमझदारी बढ्नाले काममा बाधा पुग्न सक्छ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले चिन्ता बढ्न सक्छ । मान सम्मानमा ठेस लाग्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । दिन सामान्यतया राम्रो रहनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ तथा दाम्पत्य सुख प्राप्त हुनेछ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । सजिलै काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया