आज बिस २०८२ फागुन ११ गते सोमवार ईस २०२६ फेब्रुअरी २३ नेपाल सम्बत ११४६ चिल्लाथ्व षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रह योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ६ बजे मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज अल्छीपन र स्वास्थ्य समस्याले सताउन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्वास्थ्य कमजोर हुँदा काममा ढिलासुस्ती हुन सक्छ । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुने संकेत छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने सम्भावना छ । बुद्धिको सही प्रयोगबाट सफलता मिल्नेछ भने अन्न तथा धन लाभको योग छ । परिवारजनका अपेक्षा पूरा गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- चिताएको काममा सफलता र धन लाभ हुने दिन छ । पुराना साथीसँग भेटघाटले मन प्रसन्न हुनेछ । अनौठो माध्यमबाट आर्थिक लाभ हुन सक्छ । परिवारबाट सुखद अनुभूति प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सामान्य स्वास्थ्य समस्या देखिए पनि सामाजिक सम्मान प्राप्त हुने समय छ । रमाइलो यात्रा र मनोरञ्जनका गतिविधिमा दिन बित्नेछ । अनपेक्षित रूपमा धन लाभ हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-आर्थिक पक्ष कमजोर देखिएको छ । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्छ । सामान्य रोगले सताउन सक्छ भने भौतिक सामाग्रीको क्षति हुन सक्ने सम्भावना छ । खर्चमा विशेष सतर्कता आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- बिहान सुखद अनुभूति भएपनि बेलुका काममा मन नलाग्न सक्छ । अथक प्रयासले रोकिएका काम बन्ने संकेत छ । आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको भेटघाटले मन प्रसन्न हुनेछ, तर सबै काम सोचे अनुसार सम्पन्न नहुन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :-आम्दानीका नयाँ स्रोत खुल्ने योग छ । नसोचेको ठाउँबाट आय आर्जन हुन सक्छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सकारात्मक सोचको विकास हुनेछ र उपलब्धिमूलक यात्रा हुन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- नयाँ कामको थालनीका लागि समय अनुकूल छ । आर्थिक पक्षमा केही दबाब देखिए पनि मेहनतले लाभ दिलाउनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । व्यापार व्यवसायबाट फाइदा मिल्ने संकेत छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अनावश्यक डर र चिन्ता बढ्न सक्छ । सानोतिनो मन मुटावको सम्भावना छ । निर्णयमा ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ । स्वास्थ्यमा अचानक समस्या वा चोट पटकको सम्भावना भएकाले सतर्क रहनु आवश्यक छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आदर र सम्मान प्राप्त हुने दिन छ । धन र प्रतिष्ठामा वृद्धि हुन सक्छ । जागिर वा राजनीतिमा प्रभाव बढाउन सकिनेछ । विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सोचेका काम पूरा हुने र आर्थिक कारोबार राम्रो हुने संकेत छ । परिवारको साथले नयाँ आशा पलाउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । धार्मिक वा परोपकारी क्षेत्रमा लगानी लाभदायी हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- नसोचेको स्थानबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा सामान्य विवादको सम्भावना छ । विशेष निम्तोमा सहभागी हुने अवसर मिल्न सक्छ । खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ । उपहार तथा सम्मान प्राप्त हुने समय छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्