शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको राशिफल

बुधवार , फाल्गुण ६, २०८२

आज बिस २०८२ फागुन ०६ गते बुधबार ईस २०२६ फेब्रुअरी १८ नेपाल सम्बत ११४६ सिल्लागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज शेर्पा समुदायको ग्याल्पो ल्होसार परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ ।समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया