शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ फागुन ०५ गते मंगलबार यस्तो छ तपाईको राशिफल

सोमवार , फाल्गुण ४, २०८२

आज २०८२ फागुन ५ गते (१७ फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण कृष्णपक्ष औंसी तिथि, १७ः४८ बजेपछि प्रतिपदा। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, ९ः३३ बजेपछि कुम्भ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अचानक आम्दानी हुने योग छ । पैसा कमाउने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । साथी तथा घर परिवारबाट सुख शान्ति मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- नसोचेको ठाउँमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्न सक्छ । सोच्दै नसोचेको स्थानमा पैसा खर्च हुन सक्ने देखिन्छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आफन्तसँगको मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । काम बन्नाले सुखको अनुभव हुन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-पैसा कमाउने योग छ । बचत हुने प्रबल सम्भावना देखिन्छ । नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ । पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- मनोरञ्जनात्मक तरिकाले काम सफल हुनेछ । नयाँ योजनाहरू बन्ने सम्भावना छ । रमाइलो वातावरणमा काम गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुन सक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- वादविवादको सामना गर्नुपर्न सक्छ । आगो तथा मेसिनरी सामाग्रीबाट सावधान रहनु उचित हुनेछ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- जागिर सम्बन्धी काममा केही डर रहनेछ । मान सम्मान प्राप्त भएपनि मनमा चिन्ता रहन सक्छ । स्वास्थ्यका दृष्टिले समय राम्रो छ । आर्थिक लाभ हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- रमाइलो र मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मन प्रसन्न रहनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अप्रत्याशित लाभ हुनेछ । काममा मन राम्रोसँग लाग्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजबाट फाइदा हुने संकेत छ । सुखको अनुभव हुन्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- अनावश्यक झमेलामा पर्न सकिन्छ । केही हानि हुन सक्ने भएकाले सावधान रहनु होला । पीडा दिने व्यक्तिहरू सक्रिय हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नु उचित हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- धन आर्जनका लागि राम्रो दिन छ । अन्न सम्बन्धी काममा लाभ हुनेछ । कसैबाट सहयोग तथा समर्थन प्राप्त हुन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- राम्रो आम्दानीका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको स्थानबाट धन लाभ भई मन हर्षित रहनेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया