शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज शुक्रवारको मौसम पूर्वानुमान

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौँ ०१ फागुन - हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया