शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मंगलवार , माघ २०, २०८२

आज बिसं २०८२ माघ २० गते मंगलबार ईसं २०२६ फेब्रुअरी ३ नेपाल सम्बत ११४६ सिल्लागा द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल द्वितीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शोभन योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहेपनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तर दायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागेपनि दिगो फाइदा हुने देखिन्छ । काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । महत्वपूर्ण निर्णय लिने समय छ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । अस्वस्थता एवम् काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुख दुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- तर्क शक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन । व्यापार र उद्योगमा फाइदा हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भएपनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउन सक्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- शुभ चिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । काम बिग्रने भयले सताउनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखा पर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया