शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ माघ १८ गते आइतबार, , यस्तो छ तपाईको राशिफल

आइतवार , माघ १८, २०८२

आज बिसं २०८२ माघ १८ गते आइतबार ईसं २०२६ फेब्रुअरी १ नेपाल सम्बत ११४६ सिल्लाथ्व त्रपुन्ही, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल पुर्णिमा, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, प्रिती योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज श्री स्वस्थानी व्रत समाप्ती हुदैछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- नयाँ योजना बन्नेछन् भने पुराना समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको अवसर गुम्न सक्छ । स्थायी सम्पत्ति सम्बन्धी विवाद पनि आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यका साथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ निरन्तर प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि नहुन सक्छ । स्वास्थ्य कमजोर रहनुका साथै उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्त बीच आत्मीयतामा केही कमी आउला । बिग्रिएका सम्बन्ध र विगतका कमजोरी विस्तारै सुधार गर्न सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- खर्च बढेपनि दिगो आय स्रोत जुटाउन सकिनेछ । नजिकका साथी टाढिए पनि टाढाका साथी नजिकिनेछन् । स्वास्थ्य कमजोर रहँदा चाहेको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन् । खानपानको असावधानीले स्वास्थ्यमा असर पर्न सक्छ । पढाइ लेखाइमा समय दिन कठिन हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ । बाध्यताले अनावश्यक अलमल बढ्न सक्छ । सहयोगको आशा देखाउने व्यक्तिबाटै धोका पाइएला । समयमा होस नपुर्‍याउँदा खर्च मात्र बढ्नेछ । प्रलोभन देखाउनेहरूबाट सावधान रहनुहोला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- अभिप्रेरणा जगाउने व्यक्तिहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । व्यवसायिक आम्दानी बढ्नेछ । भविष्यमा फाइदा हुने कामको प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । केही सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- विस्तारै सोचेका काम बन्नेछन् । नाम, दाम र इनाम कमाउने समय छ । रोगले सताउने देखिन्छ । आफ्ना काम स्थगित हुँदा मन खिन्न हुन सक्छ । सेवामूलक कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । लगनशील नबन्दा आलोचना सहनुपर्ला । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित कामको जिम्मेवारी प्राप्त हुनेछ । साना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्नेछ । चौपायामा केही समस्या आएपनि प्रशस्त धन आर्जन हुने समय छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- व्यवसायिक क्षेत्रमा विभिन्न समस्या देखिन सक्छन् । केही अवरोध आएपनि इच्छा शक्ति र मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा अग्रता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । उद्योग तथा व्यापारमा विशेष लाभ हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै परास्त गर्न सकिनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रुपैयाँ पैसाको कारोबार बढ्ने देखिन्छ । व्यवसायिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा नहुन सक्छ । काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुनेछन् । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ हुने समय छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । सोचेका काम सजिलै सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुने भएकाले दिन रमाइलो बन्नेछ । शुभचिन्तकको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूला काम सम्पन्न हुने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि प्रयोग गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । अप्रिय समाचारले मन खिन्न बनाउनेछ । अर्थ अभावले चाहेका काम रोकिन सक्छन् । तर विगतको श्रमबाट लाभ अवश्य प्राप्त हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया